सुर्खेत। खरिद विल बिना ल्याएका सामान प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत मातहत रहेका बबई चेक प्वाईन्ट र सुब्बाकुना चेक प्वाईन्टमा प्रहरीले सामान बरामद गरेको हो।
अस्थाई प्रहरी पोष्ट बबईले सोमबार राती नेपालगंजबाट सुर्खेततर्फ आउदै गरेको क.प्र. ०२००१ च ०३१७ नम्बरको जिपबाट चिनी बरामद गरेको हो। तीन सय ७५ किलो तौल भएको १५ बोरा चिनीको खरिद विल नभएकोले प्रहरीले बरामद गरेको हो।
यस्तै, प्रहरी चौकी सुब्बाकुनाले मंगलबार विहान नेपालगंजबाट सुर्खेत आउदै गरेको बा ५ ख २८५४ नम्बरको फोर्स गाडीबाट सुपरापावर सुर्ती बरामद गरेको छ। कुनै पनि बिल नभएको १ बोरा (२७ पोका) भारतीय सुपरपावर सुर्ती बरामद गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।