सुर्खेत। सुर्खेतमा १६ क्वीन्टल अवैध काईनेटिक ढुंगासहित एकजना पक्राउ परेका छन्। वीरेन्द्रनगर–११ समावेशी टोलस्थित अवैध रुपमा काईनेटिक ढुंगाको कारोबार भईरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले एकजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–११ समावेशी टोल बस्ने ३२ बर्षीय दीपक बस्नेत रहेका छन्। आइतबार उनको घरमा खानतलासी गर्दा १६ क्वीन्टल ९१ किलो ७ सय ग्राम काईनेटिक ढुंगा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
पक्राउ परेका बस्नेतलाई थप अनुसन्धानका लागि खानी तथा भूगर्भ कार्यालय सुर्खेतमा बुझाईएको सुर्खेतका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए।