काठमाडौँ । जिल्ला अदालत कास्की म्याद थपका लागि अनुमति नदिएपछि डाक्टर निकोलस भुसाल पक्राउ परेको २४ घण्टा नबित्दै रिहा भएका छन् ।
आइतबार राति काठमाडौँबाट पक्राउ परेका निकोलसलाई सोमबार पोखरा ल्याइएको थियो । प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराए पनि अदालतले अनुमति नदिएपछि उनी रिहा भएका हुन् ।
हिरासतमा सुतिरहेका रास्वपा सभापति रवि लामिछानेको फोटो सार्वजनिक गरेको आरोपमा निकोलसलाई पक्राउ गरिएको थियो ।