काठमाडौं । सरकारले संसद् अधिवेशन अन्त्य गर्न रास्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार अबे सम्म बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सरकारले मङ्गलवार राती १२ बजे देखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सोमबार सभामुख देवराज घिमिरेले मङ्गलवार दिउसो ११ बजेको प्रतिनिधिसभा बैठक बस्ने जनाएका छन् ।
गएको १८ माघमा संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो ।
संविधानको धारा ९३ अनुसार संसद् अधिवेशनको आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था रहेको छ ।