काठमाडौँ । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत अनुसार आज बिहान १०ः३२ बजे भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको हो । यही भदौ २० गते बुधबार बिहान १०ः ४८ मा वनयात्रा गरी बेलुकी ८ः२७ मा लिङ्गोका लागि रुख काटिएको थियो ।
लिङ्गोलाई भदौ ३० गते बिहान ८ः२६ बजेको साइतमा इन्द्रध्वजोत्थान गरिने साइत रहेको छ । इन्द्रध्वजोत्थान गरेपछि असोज १ गते कुमारीलाई तल्लो टोल यात्रा गराइने छ ।
यसैगरी कुमारी, भैरव र गणेशलाई थःनेया (माथिल्लो टोलमा रथ यात्रा) गराइन्छ। त्यसपछि नानिचाः यात्रा पछि हनुमानढोका ठड्याइएको यःसिं ढालेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ।