सुर्खेत । युरोपियन युनियनको सहयोगमा दलित महिला संघ (फेडो) र प्लान इन्टरनेश्नलयद्वारा सञ्चालित ‘हाम्रो आवाज हाम्रो रोजाई’ परियोजनाले आफ्नो उपलब्धी सार्वजनिक गरेको छ । शनिबार वीरेन्द्रनगरमा एक कार्यक्रम आयोजना गरि लक्ष्य अनुसारका उपलब्धी हासिल गरेको जनाएको हो ।
कालिकोट जिल्लाका खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, नरहरिनाथ गाउँपालिका र सान्नीत्रिवेणी गाउँपालिकामा परियोजनाले काम गरेको थियो । २०७९ जेठदेखि २०८१ बैशाखसम्म काम गरेको दलित महिला संघका राष्ट्रिय पैरवी संयोजक सावित्री विकले जानकारी दिईन् ।
उनका अनुसार लोकतन्त्र सुदृढीकरण, मानव अधिकार संरक्षण र आधारभुत स्वतन्त्रताको प्रवद्र्धन गर्न नागरिक समाजका संघ संस्थाहरुलाई सहयोग र शसक्तिकरण गराईएको दावी गरिन् ।
परियोजनाले आर्थिक सशक्तिकरण, मानव अधिकार र न्यायमा पँहुच, नेतृत्व विकास र सहभागिता, समावेशी शासन र सामाजिक न्याय र लैंगिक उत्तरदायी मानवीय सहायताका क्षेत्रमा काम गरेको थियो । त्यस अन्र्तगत कालिकोटका ७६ जना युवालाई मानव अधिकार रक्षक बनाइएको छ ।
कालिकोटका ३ वटा पालिकामा दलित सशक्तिकरण ऐन, २०८० को सभाबाट पास भई कार्यान्वयनमा छ ।
खाँडाचक्र नगरपालिका–१ लाई जातीय छुवाछुत मुक्त घोषणा सम्बन्धी कार्यविधि कार्यपालिकाबाट पास भएको छ ।
नरहरीनाथको रुपादेवी मन्दिरमा र सान्नीत्रिवेणीको बडिमालिका मन्दिरमा दलित समुदायको प्रदेश खुला गराउन सफल भएको दावी परियोजनाको छ ।
साथै, नरहरिनाथको वडा नम्बर ८ र ९ मा मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ भने रास्कोट नगरपालिकाको वालविवाहको दर ५१ प्रतिशत बाट ३२ प्रतिशतमा झार्न योगदान पु¥याइएको दावी गरिएको छ ।
यसबाहेकका समुदायस्तरमा थुप्रै अन्य उपलब्धीहरु समेत हासिल गरिएको फेडो कर्णाली प्रदेश संयोजक मन्जु सुनारले बताईन् । यसका लागि सहयोगी निकायहरुको साथ सहयोग पनि उत्तिकै रहेको बताईन् ।
सम्बन्धित समाचार :
यस्ता छन्, दाेस्राे आवधिक याेजनाका लागि सुझाव दिइएका दलित समुदायका सवाल