दलित महिला र किशोरीको मानव अधिकार प्रवर्द्धन परियोजना
सुर्खेत । दलित महिला संघ (फेडो)ले नेपालमा दलित महिला र किशोरीहरुका सवालमा सकारात्मक पहल गर्दै आएको छ । सुर्खेतमा समेत सक्रिय रहेको यो संघले देशभरका विभिन्न जिल्लामा कार्य गरिरहेको जनाएको छ ।
नेपालमा दलित महिला र किशोरीहरुको मानवअधिकार प्रवद्र्धनका लागि परियोजना मार्फत काम गरेको बताइएको छ । शुक्रबार वीरेन्द्रनगरमा आयोजित सामाजिक न्याय तथा विकास प्रक्रियामा दलित महिलाको पँहुच अभिवृद्धिका लागि मिडियाकर्मीहरुको भूमिका विषयक पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममार्फत परियोजनाका बारेमा जानकारी गराइएको हो ।
सन् २०२३ अगस्टदेखि सुरु भएको यो परियोजनाले २०२६ सम्म सुर्खेतसहित नेपालका ६ जिल्लामा काम गर्नेछ । जसअनुसार सुर्खेत, कैलाली, बर्दिया, दाङ, मकवानपुर र मोरङ जिल्ला कार्यक्षेत्र रहेको छ । तीमध्ये सुर्खेत जिल्लामा वीरेन्द्रनगर नगरपालिका र भेरीगङ्गा नगरपालिकामा परियोजना सक्रिय भईरहेको कार्यक्रम संयोजक खगिसरा ओलीले जानकारी दिईन् ।
फेडाेले उक्त परियाेजनाका लागि फाउन्डेसन फर अ जस्ट साेसाइटीसँग सहकार्य गरेकाे छ ।
मुख्यतः दलित महिला र किशोरीको मानव अधिकार उलङ्घन तथा लैंगिक अन्यायबाट प्रभावित क्षेत्रमा परियोजना केन्द्रीत हुने जनाइएको छ । कार्यक्षेत्रका महिला, किशोरीहरुको विभिन्न सञ्जाल गठन गरी उनिहरुको क्षमता विकास, आर्यआर्जनमा टेवा पु¥याउनुका साथै समान न्यायमा पँहुच पु¥याउने कामहरु गरिनेछ ।
त्यस अन्तरगत सरोकारवाला निकायलाई जवाफदेही बनाउन सार्वजनिक सम्वाद गर्ने, विद्यमान ऐन, कानून नीतिको समिक्षा र विश्लेषण गरि आवश्यक कानून बनाउन अनुरोध गर्ने, कानूनी सहायताका लागि सहयोग गर्ने तथा तालिम मार्फत आयआर्जनमा जोड्न प्रयास गरिने फेडोका कार्यक्रम संयोजक मीना विश्वकर्माले जानकारी दिईन् ।
सुर्खेतका वीरेन्द्रनगर र भेरीगङ्गामा १५/१५ ओटा समूह गठन गरिएको छ । एक÷एक ओटा विद्यालयस्तरीय र नेटवर्क गरिएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed