सुर्खेत । कर्णाली प्रदेशमा थप चार जना मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री यामलाल कँडेलकाे नेतृत्वमा गठित मन्त्रिमण्डलमा थप चार जना मन्त्री आज नियुक्त भएका हुन्। उनिहरूले आजै प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गाेपनियताकाे शपथ लिएका छन् ।
आज नियुक्त भएका मन्त्रीहरूमध्ये भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्ग रावत रहेका छन् ।
यस्तै राज्यमन्त्री गोमता विकले पनि शपथ लिएकी छन् ।
मन्त्रिपरिषद्लाइ पूर्णता दिनेगरि कार्य भएपनि अपुरै रहेकाे छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा सिफारिस भएका एमालेका विनोद कुमार शाह भने शपथ ग्रहणमा उपस्थित भएनन्।
साथै, यसअघि बिना विभागिय मन्त्री नियुक्त भएका रनसिंह परियारलाइ समेत मन्त्रालयकाे कार्यविभाजन गरिएकाे छ । उनलाइ जलस्राे तथा उर्जा विकास मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ ।