मधेश। मधेश प्रदेश सभाकी सांसद बिन्दुकुमारी यादवको निधन भएको छ।
४४ वर्षीया यादवको मंगलबार बिहान साढे ८ बजे निधन भएको प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. रामनरेश पण्डितले जानकारी दिए।
यादव गत १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको अति सघन कक्षमा उपचाररत थिइन्। उनी दुई वर्षदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन्।
यादव जनता समाजवादी पार्टी, नेपालका तर्फबाट समानुपातिक सांसद बनेकी थिइन्।