काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर १ को २ मा जनता समाजवादी पार्टी, नेपालका लालबाबु राउतले ७ हजार ५४५ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामनारयणप्रसाद कुर्मीले ६ हजार २१२ मत ल्याएका छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनयप्रसाद झाले २ हजार ८४१ मत ल्याएका छन् ।