काठमाडाैं। कर्णाली प्रदेश प्रमुखको कार्यभार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सम्हाल्ने भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई जिम्मेवारी दिएकी हुन्।
कर्णाली प्रदेश प्रमुख तिलक परियार क्यानडाको ओटावामा असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा भाग लिन जाने हुँदा राष्ट्रपति भण्डारीले शेरचनलाई प्रदेश प्रमुखको जिम्मेवारी सुम्पिएकी हुन्।