सुर्खेत। नेपाल प्रहरीको साइबर ब्युरोले युट्युब प्रयाेगकर्ता प्रदीप भन्ने पूर्णचन्द्र भुसाललाई पक्राउ गरेकाे छ। महिलालाई एसिड छ्यापिदिन्छु भन्दै युट्युबमा भिडिओ बनाएर अपलाेड गरेपछि प्रहरीले पक्राउ गरेको हाे।
प्रहरीले नवलपरासी (बर्दघाट सुस्तापूर्व), हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी टोल बस्ने २६ वर्षीय भुसाललाई पक्राउ गरेको जनाएकाे छ।
भुषालले बदमाश केटा नामको युट्युब च्यानल सञ्चालन गर्थे।
एउटा भिडिओमा उनले बाटोमा हिँडिरहेकी एक महिलालाई, ‘साथमा भएको पैसा, मोबाइल, गरगहना दिनुस् नदिएमा एसिड हान्दिन्छु’ भनेका थिए।