काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिले हज यात्रा व्यवस्थापनमा भएको खर्चको विषयमा अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले हज यात्रा व्यवस्थापनका सम्बन्धमा भएको खर्च लगायतको विषयमा भएको भनिएको अनियमितता माथि अनुसन्धान गरी निष्कर्षमा पुग्न अख्तियारलाई निर्देशन दिएको हो।
बैठकले हज यात्रा व्यवस्थापनमा मुस्लिम आयोगको नेतृत्वदायी भूमिका नरहनुका कारण समितिलाई उपलब्ध गराउन पनि आयोगलाई निर्देशन दिएको छ।
आयोगलाई उपलब्ध गराएको बजेट अपेक्षा अनुरुप नभएपनि प्राप्त उपलब्धी जनअपेक्षित नरहेको समितिको ठहर रहेको समिति सभापति निरुदेवी पालले बताइन् । उनले समस्या समाधानमा उपलब्ध बजेटको व्यवस्थापन र उपलब्धिमा समितिको गम्भीर चासो रहेको उल्लेख गरिन् ।