सुर्खेत। राष्ट्रिय मानव अधिकार आयोगको जुम्लास्थित कार्यालयको क्षेत्राधिकार कायम राख्न अधिकारकर्मीहरुले ध्यानाकर्षण भएको जनाएका छन्।
मानव अधिकार आयोगको केन्द्रीय पदाधिकारीको बैठकले जुम्ला कार्यालयको क्षेत्राधिकार कम गरी बजेट व्यवस्थापन सूचना प्रणाली (एलएमविआईएस) सुर्खेतबाट संचालन गर्ने निर्णय गरेको थियो। सोही निर्णय आफ्ना लागि अनुकुल नभएको भन्दै अधिकारकर्मीहरुले विरोध जनाएका हुन्।
जुम्लास्थित मानव अधिकार रक्षक सञ्जाल, इन्सेक, नागरिक समाज, पत्रकार महासङ्घ, गैसस महासङ्घ सहित विभिन्न सङ्घ संस्थामा आवद्ध प्रतिनिधिहरूको टोलीले आयोगको सो निर्णय रोक्न माग गर्दै साउन ३ गते जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत आयोगको कार्यालयमा ध्यानाकर्षण गरेका छन् ।