सुर्खेत। नेपाली कांग्रेसले कर्णाली प्रदेशका जनप्रतिनिधी र उम्मेदवारसँग अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ। कांग्रेसको प्रदेश कार्यसमितिको आयोजनामा पार्टीका तर्फबाट निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख/अध्यक्ष, उपाध्यक्ष र उम्मेदवारहरुसँग अभिमुखिकरण कार्यक्रम गर्न लागिएको हो।
जेठ *२९ गते समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल तथा अभिमुखिकरण कार्यक्रम गर्न लागिएको कांग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकायले जानकारी दिए।
कार्यक्रममा कांग्रेस केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काको उपस्थिति रहने छ।
जिल्ला समन्वय समिति सुर्खेतको हलमा कार्यक्रमस्थल तय गरिएको महामन्त्री रोकायले बताए।
*जेठ २९ हुनुपर्नेमा अन्यथा भएकाेले सच्याइएकाे छ -सम्पादक