“सत्य- सत्य बताउँछस् कि ढाड खुस्किने गरी हानौं हैं ? लातको भूत बातले मान्दैन भन्छन् । तँलाई मालिस पुगेन अझै ?” हिरासतमा राखिएको दिलमानलाई एउटा प्रहरीले थर्काउँदै थियो ।
“सर, कति भनौं ? मेरो परिचय नै त्यति हो – “स्वास्नी पीडित” । त्यसबाहेक जति बताउँछु त्यो झुठो लाग्छ । हजुरलाई सत्य त्यही लाग्छ भने भनौँला, केही छैन । तर पकाएको कर्कलोलाई कति मिस्नुहुन्छ ? पहिचान हराएर भोलैझोल भइसकेपछि पनि ।” चिलको झम्टाइमा परेको चल्ला झैँ त्रसित मुद्रामा दिलमान बोलिरहेको थियो ।
“घुमाउरो कुरा नगर् । तँलाई मामाघरमा जाक्नेले लगाएको आरोप त थाहा होला नि ? अर्काकी स्वास्नीमाथि आँखा गाडेपछि प्रतिफल यस्तै हुन्छ । अझै थोरै भइरा’छ । गलाउन के गर्नुपर्छ, मलाई राम्ररी थाहा छ । तर यो सिकुटेको हड्डी भाँच्चेला भन्ने दया मनमा नभएको
भए कसम, हिजै आदेश पाएको थिएँ । परमधाम पुग्ने हो कि भन्ने डरभन्दा तेरो दयालु अनुहारले टिठ जगायो । अब त ढुङ्गाको मन बनाउनुपर्ला जस्तो लागिराछ, आफ्नो ड्युटी र अर्डर पनि त पूरा गर्नुपर्यो, यो डाकालाई छोड्…”
“बिन्ती छ सर, भनेँ नि, जति दुहे पनि गाईले आफूसँग भएको दुध रित्तिएपछि के दिन्छ र ? मेरो परिचय कागती झैँ निचोरिएर यसरी एउटै डल्लोमा जमिसक्यो, स्वास्नी पीडितका रूपमा ।”
“उसको उजुरी के छ थाहा छ तँलाई
“अँ, मैले उसको सम्पत्ति खाएँ रे, उसले मलाई नै उल्टै पाल्नुपरेको छ रे । उसको लालनपालन त परै जाओस् पेटमा गर्भ आएकी कमजोर महिलालाई हे रे। सँगै बसेको वर्ष दिन भएको छैन, कतिथोक दोष थोपरेर… धन्य, कुटपिट र बलात्कारको आरोप त लेखाइनछ ।
महिला सेलमा गएर रुवाबासी गर्न उसैलाई त सुहाउँछ, पलपल कुरा फेर्दै आँसु बगाउँदै गर्ने ऊ, निर्दोष भएर पनि स लाचारी बन्नुपर्ने मैले, पुरुषलाई जे ह आरोप लगाए पनि हुने महिलाले ? अनि उसमाथि कुनै आशङ्काको घेरा हुन्न, मैले जति सत्य बोले पनि झुटै ठहर्ने ? विदेशमा कमाएको सबै उसैलाई सुम्पें, गरगहना सबै उसैले कहाँ पुयाई पत्तो छैन, घरभाडा नतिरेको पाँच महिना नाघिसक्यो । मैले बोलेका सत्य कुरा नपत्याइदिने ? फेरि के जवाफ पर्खेर सोधपुछ गरिरहनुहुन्छ ? उही दोहोरिन्छ उत्तर, भएको त्यही हो ।”
“तेरो ढिपीले तँ जाकिनेछस् आफैँ । तेरा बुट्टेदार कुराको कुनै मूल्य रहन्न यहाँ । सत्यतथ्य बोल् ।”
“ढाँटछल गरेर कानुन हातमा लिने प्रयास नगर, आरोप लागिसकेको छ । पक्राउ परिसकिस् । उम्कलास् कसरी ? जमाना कहाँ पुगिसक्यो ? श्रीमती भनेर नहेप् ।”
“आजकल सबै गल्ती पुरुषमाथि थोपरिन्छ । कानुनले सोझा महिलाको भलाइ गरे पनि चालबाजी महिलाले त्यसको फाइदा उठाएकोतिर ध्यान कसैको छैन । अधिकार पाइयो भन्दैमा जे आरोप लगाए पनि हुने उनीहरूले ? न्याय उनैको पेवा हो ?”
“जो चोर उसैको ठुलो स्वर भनेको यही हो । एउटी स्वास्नीलाई रिझाएर राख्नसक्नुछैन ।”
“चण्डालनी, महा चण्डालनी । पनि सबैथोक उसैले जानेकी । डाक्टरनी, हा जे हा हा । सुई लगाउन जानेकै भरमा ? डाक्टरनी । यो जालमा तपाईं परेको भए घेरा थाहा हुन्थ्यो ।”
“के भन्छ यो ? तेरी स्वास्नी डाक्टरनी हो ? अनि तँ ?”
“म अनपढ । गवाँर, गोठालो, अनि त फसें । ”
र “फसें रे ? कसरी ? तेरो प्रेमकथा -छ खुब रमाइलो छ जस्तो छ । सुना त बेलिविस्तार । फुंदा नगाँस् नि फेरि । तैंले ढाँटेको अनुहारबाटै थाहा पाउँछु म फेरि । हुन त विदेश गएका केटाहरूलाई फसाउने, लोग्नेले विदेशमा कमाएका पैसा झ्वाम पार्ने र पोइल जाने महिलाका कथा निकै सुन्नपाइन्छ यहाँ । तर डाक्टरनी र गोठालाका कथा सुन्नपाएको छैन ।”
“भुलेर पनि हजुरले यस्ता नारीको विश्वास नगर्नू नि फेरि । सामाजिक सञ्जालमा मिठो बोलेकै भरमा फसाई बाइफालेले । मेरै हालत होला ।”
“तँ जस्तो मूर्ख छु र म ? मस्ती गर्ने छाड्ने, घरमै हुल्छ कसैले ? तैंले नि खुब गरिस् होला मस्ती, तर हेर्दा त सोझो छस्, यस्तो पनि जानेको रैछस् है ?”
“अति भन्नुभो, म त्यस्तो मान्छे नै हैन । खासमा म विदेशमा हुँदा उसैले फेसबुकमा रिक्वेस्ट पठाएकी थिई । बारम्बार हालखबर सोध्ने र निजी
विषयमा चासो दिनथाली । समाजसेवी र पेसाले आफू डाक्टर भएको पनि न भन्थी ।”
“त्यति भएपछि के चाहियो ? डाक्टरनीसँग प्रेम गर्नपाएँ भनेर फसिस् उसो भए ?”
“मेरो कुरा त सुन्नु न पहिले । मेरो बिरामी हुनुहुन्थ्यो । उहाँ पनि मसँगै बुबा एउटै कम्पनीमा काम गर्ने । उहाँलाई त्यहाँ पनि निकै उपचार गरियो । नेपालमै उपचार खर्च पनि सस्तो हुने र परिवारको सरसहयोग पाइने भनेर उहाँ फर्कने निर्णय गर्नुभयो । अब नेपालमा कुन अस्पतलमा राखेर उहाँको उपचार गर्ने भन्ने चिन्ताले सतायो । आमालाई गाउँबाट बोलाएँ अनि बुबालाई पठाएँ । यस्तो बेलामा अस्पतालमै काम गर्ने चिनजानको मान्छे सम् । कोही भएनन् । समस्या उसैसँग बाँडेपछि सबै जिम्मा मेरो भयो, चिन्ता नलिनू भनेर आश्वासन दिई । आमा र बुबालाई होटल खोजेर राखिदिनेदेखि अस्पताल पुऱ्याउने काम पनि उसैले गरिछ । बुबाआमा बिरानो ठाउँमा सहयोगी भेटेर खुसी हुनुभयो। उसको व्यवहार पनि निकै राम्रो मान्नुहुन्थ्यो । उपचारका क्रममा निकै खर्च भएछ । बुबाले विदेशमा छँदा कमाएको सबै पैसा सकियो । त्यसबाट नपुगेर उसकै तलबबाट अस्पतालले काट्ने गरेको पनि बताई । ”
“त्यति उदार रहिछ त, फेरि के भयो ?”
“जुनसुकै कुराको पनि हद हुन्छ । हद पनि नाघेपछि अनेक समस्या झेल्नुपर्दोरहेछ । मैले विदेशमा कमाएका पैसा पनि उसैले माग्नथाली उपचारकै लागि ।
सिस् बुबासँग सोधें : “स्वास्थ्य अवस्थामा सुधार हुँदै छ बुबा ?” उहाँले सुधार हुँदै गरेको र काठमाडौंको होटलमा बसेर नसँगै दिनहुँ अस्पताल धाइरहेको जानकारी लाई दिनुभयो । बिस्तारै उहाँका दाहिने हात गोडा नचल्ने हुनथालेपछि निकै चिन्तित को हुनुभएको थियो । निरन्तरको थेरापी र औषधीले केही सहज बन्नथालेको रहेछ । उपचार खर्च र होटेलको बसाइले खर्च निकै बढाएको थियो ।
बुबाले पनि आफूसँग भएको मा पैसा सकियो, डाक्टरनी नानीले समेत छे अस्पतालमा निकै पैसा तिरिदिएकी छन् ग अरे भन्नुभएको थियो । उसको पैसा तिर्नु ता है छोरा भनेपछि मैले उसले भनेजति पैसा र पठाउनथालेँ । बुबाआमा उपचारपछि व गाउँ फर्किनुभयो । मैले भने वर्षौंसम्म ने उसलाई तिरिरहें । कमाएर जम्मा गरेका पैसा पनि सकिए । तैपनि उसले बुबाको उपचारमा बेहोरेको ऋण सकिएन ।
दुई वर्षपछि म नेपाल फर्कनेभएँ । घर फर्कने बेला भयो भनेपछि उसले एउटा प्रस्ताव राखी । बिहेको प्रस्ताव । काठमाडौँमा आउनेबित्तिकै विवाह गर्ने र सँगै बस्ने भन्ने उसकै योजना थियो । पहिले त मैले पत्याइनँ । तर उसले मसँग कराकानी गर्दागर्दै प्रेममा पागल बनिसकेको बताउनथाली । तिमीलाई हो नपाए म जे पनि गरिदिनसक्छु भनेर घुर्की ध्य लगाई।
एक मनमा माया पनि लाग्यो। आफ्नो बुबाआमालाई त्यतिका गुन लगाएकी नारीको मन दुखाउनु पाप लाग्ला भन्ने लाग्यो । तर एकपटक बुबाआमालाई पनि सोध्ने विचार गरेँ । उहाँहरूले पनि केटी असल छ, ठुली पल्टिन पनि नजान्ने, त्यत्रो पढेर पनि हामी गाउँलेको सेवामा तल्लीन भई । खासमा उसले नै भनिदिएर डाक्टरहरूले राम्रो उपचार गरिदिए । उसलाई नचिनेको भए हामीलाई गाह्रो हुन्थ्यो भन्नुभयो । तर हाम्रो स्तर नै मिल्दैन भन्दा पनि उसले नै तँलाई रुचाएकी हो, छानेकी हो भने त्यसमा के समस्या होला र भनेर सुझाव दिनुभयो ।
गाउँमा सानैमा बिहे गरेर विदेश गएपछि स्वास्नीले दिएको धोकाको चोट पनि थियो मनमा । कतै मलमै लाग्ला भन्ने हेतुले मैले पनि स्विकारें ।”
“तेरो पहिली स्वास्नी हैन यो ?”
“कहाँ हुनु ? विदेशमा गएर धन 66 कमाएर सुखले राख्ने भएकाले पहिलोबाट चोट पाएँ नि । उसलाई गाउँबाट सहर आउने धोको भयो । मैले पनि कोठा खोजेर राखिदिएँ । राखिदिएँ । बुबाआमाले बुहारीको व्यवहार परिवर्तन हुँदैआएको छ है छोरा भन्न त भन्नुभएकै थियो । T तो सम्बन्ध यस्तै हो भन्ने ठानेर उहाँहरूको कुरामा उति ध्यान दिइनँ । स्वास्नीकै योजनामा साथ दिएँ । पढ्ने रहर पूरा गरिदिन सहरमा राखिदिएँ । कलेज भर्ना भएर पढ्दै थिई । राम्रै भइराखेको थियो । आफूले पढ्न नसके पनि उसले पढ्नु आफैँले पढ्नु बराबर मानें । तर सबै भताभुङ्ग भयो ।”
“उसले पनि छाडेर भागी होला हैन ? तेरो कमाइ लिएर गइहोला कि अर्कैसँग ?”
“हो, त्यसै गरी । दुःखीको भाग्यमा दुःख मात्रै लेखेको हुने रहेछ । तर मैले उसलाई रोक्ने अनेक प्रयत्न गरेँ, रोएँ, कराएँ, सम्झाएँ । ऊ म नआउँदै सुटुक्क गएकी भए त्यसो गर्ने थिइनँ । अर्थात् थाहै पाउने थिइनँ । तर म भोलिपल्ट आउँछु भनेर अगिल्लै दिन उसको कोठामा पुगेपछि अनर्थ भयो । जे देख्न त के सुन्न पनि चाहन्नथेँ, सोही देख्नु पयो ।
रगत उम्लन्छ सम्झँदा पनि । झण्डै दुईजनाको हत्याको मुद्दामा खोरमा जाकिइनछु । भाग्न भ्यायो बोको । ऊ खुट्टामा परेर रोई । उसैले आफूलाई जर्बजस्ती गर्ने गरेको तर हारगुहार नपाएको नाटक रची । मैले पत्याइनँ, उसले अनेक भाँतीका मायाजालमा मलाई फसाउन खोजिरही । म घाइते सिंह झैँ बनेर ऊसँगको सम्बन्ध तोड्दै गाउँतिर हानिएँ । उसले भोलिपल्टै बेहुलीको तर उसको आँखाको आँसु एकैछिनमा रोकिएर कण्ठ खुल्यो । मुक्तकण्ठले उसको महानताको प्रशंसा गरेँ ।”
“यति मायालु भेटेपछि के चाहियो त ? अनि यहाँ कसले जाक्यो त फेरि ?”
“हो, त्यही त छ मैले आजसम्म नबुझेको कुरा । मैले उसलाई मायाले अङ्गालेँ । सँगै छ महिना बिताइयो, हाँसीखुसी । उसको जागिर र पढाइको व्यस्तता त्यस्तै । एक हिसाबले गृहिणी मै बनें । उसलाई घरबाहिरकै कामको चटारो, घरमा कुनै काम छुनदिइनँ ।
महिनावारि रोकिएको थाहा भएपछि त झन् उसको शरीरमा तेल लगाउने देखि कपडा धोइदिने, घरको सरसफाइ तथा भान्साका सबै काम आफैँ गर्ने जिम्मा मेरै रह्यो । उसलाई मनपर्नेबाहेक केही गरिनँ । तर सधैँ रातमा एक्लै पारेर जाने उसको जागिरे जीवनले भने कहिलेकाहीँ विरक्त पनि लाग्थ्यो । केही महिनापछि उसले हप्ता दिन, दस दिन गर्दैगर्दै महिनौं पनि मलाई एक्लै छाडेर कार्यालयको कामले भनी हिँड्नथाली ।
तर यो बिचमा कहिल्यै उसले आफन्तसँग भेटाइन । न उसको कार्यालय वा कार्यरत अस्पतालभित्र नै छिराई ।
एकदिन सखारै एउटा वृद्ध र वयस्कले प्रहरी लिएर घर घेरे । युवकले मेरै श्रीमतीको नाम लिएर उसको लोग्ने भएको दाबी गयो । ऊ यता आएर पहाड मा उजुरी गर्ने, उनीहरू अर्कोतिरबाट प्रहरी – ले लिएर मलाई घेर्ने । मैले विश्वास गरेकी त म उसको मेरी मुटु एकाएक ज्वालामुखीको बनेर उभिई । कुरैकुरामा घरमा राखेको नोकर ठहरिएँ। उसले मेरो पहिचान यसरी नै दिइछे उनीहरूलाई । म मलाई थुतेर हटाएपछि मात्रै त्यो लोग्नेसँग ले मेरै कोठामा मोज गरेर बस्ने रे ऊ । मलाई , उपत्यकाबाहिर कार्यालयको काममा जानु छ भन्दै एक्लै हप्तौं तथा महिनौं टाढिने मेरी व्यस्त डाक्टर श्रीमती अर्कैकी रानी बनेर ओछ्यान तताउँदी रहिछ । यस्ता अकल्पनीय कहानी सुनेपछि म मात्रै होइन, घरपति, वरपर बस्ने घरपरिवार तथा प्रहरीहरूसमेत चकित परे । घरपतिले हामी श्रीमान् श्रीमतीकै रूपमा बसेको बताइदिएपछि युवकको बुबा झन् सुत्केरी हुनलागेकी बुहारीका लागि भनेर गाउँबाट ल्याइएका आठमाना जति घिउको भाँडा नियाल्दै अक्क न वक्क परे ।
मेरो मन त्यतिबेला नमिठो गरी अमिलियो जब उसले मलाई केवल कामदार ठानिछ भन्ने भाव मडारिइरह्यो । मैले भने उनीहरूका अगिल्तिर पनि उसलाई आफ्नी रानी ठानिरहेकी थिएँ । फरक यति हो, बुबाआमाको मन जितेकी पहिली श्रीमतीले दिएको चोटमा मलम बनेकी, समाजसेवा र पेसाप्रति समर्पित श्रीमती पाएँ भन्ने मेरो हृदय छियाछिया बन्यो । यही हातले रङ्गाएको उसको सिउँदोको सिन्दाले भिनाको तस्बिरबाटै मलाई।
आफू देखा नपरी धनले मात्र हैन मनले समेत रित्तो पारेर हिँडेकी ल्याएर नकचरीको जालमा फसेंछु भन्ने त अहिले मात्रै महसुस हुँदै छ ।
अनि ती वृद्ध र अल्लारेसँग मिलेर उसले अझै किन मलाई लोग्ने भन्दै मुद्दा हालिरहेकी छ ? मसँग भएको सबथोक दिइसकेँ । अझै केमा उसको आँखा गडेको छ थाहा पाउन सकेको छैन । उसका लोग्ने र ससुरा दुवैले मलाई प्रस्ट भनिसके, त्यो गर्भ मेरो हैन, तिनैको वंश धान्ने सन्तान जन्माउन तयार छे ऊ । म भने सहरमा उसको रखौटे भएँछु । मेरै सम्पत्ति लुट्ने र अरूसँग मिलेर फेरि मलाई नै थुनाउने ? म उसको नोकर कि लोग्ने ? मेरो पहिचान के हो ? उसको र मेरो सम्बन्ध के हो ? म अन्यायमा परेको छु कि ऊ ? उसले मलाई लुटी कि मैले ? उसको गर्भको ख्याल नराखेर श्रीमतीलाई स तनाव दिएको मैले कि मेरो सोझोपनको फाइदा उठाएर धोका दिएकी उसले ?”
“बाहिर निकै खैलाबैला मच्चिरहेको छ । म हेरेर आउँछु । पछि सुनौंला तेरो बाँकी कथा ।” प्रहरी बाहिरियो ।
केही समयपछि आएर उसले भन्यो : “तेरी श्रीमतीका चारजना लोग्ने आएर जुलुस गरिरहेका छन् । अझै अरू पनि लोग्नेका नाममा ठगीमा परेका हुनसक्छन् भन्ने उनीहरूको भनाइ छ । उनीहरूका आआफ्नै गुनासा रहेछन् ।
आफू देखा नपरी धनले मात्र हैन मनले समेत रित्तो पारेर हिँडेकी ल्याएर नकचरीको जालमा फसेंछु भन्ने त अहिले मात्रै महसुस हुँदै छ ।
अनि ती वृद्ध र अल्लारेसँग मिलेर उसले अझै किन मलाई लोग्ने भन्दै मुद्दा हालिरहेकी छ ? मसँग भएको सबथोक दिइसकेँ । अझै केमा उसको आँखा गडेको छ थाहा पाउन सकेको छैन । उसका लोग्ने र ससुरा दुवैले मलाई प्रस्ट भनिसके, त्यो गर्भ मेरो हैन, तिनैको वंश धान्ने सन्तान जन्माउन तयार छे ऊ । म भने सहरमा उसको रखौटे भएँछु । मेरै सम्पत्ति लुट्ने र अरूसँग मिलेर फेरि मलाई नै थुनाउने ? म उसको नोकर कि लोग्ने ? मेरो पहिचान के हो ? उसको र मेरो सम्बन्ध के हो ? म अन्यायमा परेको छु कि ऊ ? उसले मलाई लुटी कि मैले ? उसको गर्भको ख्याल नराखेर श्रीमतीलाई स तनाव दिएको मैले कि मेरो सोझोपनको फाइदा उठाएर धोका दिएकी उसले ?”
“बाहिर निकै खैलाबैला मच्चिरहेको छ । म हेरेर आउँछु । पछि सुनौंला तेरो बाँकी कथा ।” प्रहरी बाहिरियो ।
केही समयपछि आएर उसले भन्यो : “तेरी श्रीमतीका चारजना लोग्ने आएर जुलुस गरिरहेका छन् । अझै अरू पनि लोग्नेका नाममा ठगीमा परेका हुनसक्छन् भन्ने उनीहरूको भनाइ छ । उनीहरूका आआफ्नै गुनासा रहेछन् ।
(हिमाली सौगात पत्रिकाबाट)