कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारले निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार बेलुका राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय भएको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए ।
त्यसका लागि सरकारले आइतबार नै प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिस गर्ने छ । यस्तै अन्य ११ वटा निर्णय भएका छन् । किटनाशक विषादी विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय पनि भएको उनले बताए । यस्तै दैवि प्रकोपवाला असिनापीडित किसानका लागि राहत रकम उपलब्ध गराउने निर्णय भएको छ । शाहका अनुसार रकमान्तर गरेर ७३ लाख बराबरको राहत रकम वितरण गर्न लागिएको उनले बताए ।