सुर्खेत। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा यसपटक अस्थायी मतदाताहरू सहभागी हुन पाउनेछन्। तीमध्ये कर्णाली प्रदेशमा तीन सय ४८ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन्। उनिहरूले प्रतिनिधि सभाकाे समानुपातिक तर्फकाे मतदान गर्न पाउने कानुनी व्यवस्था रहेकाे छ।
निर्वाचन आयाेगका अनुसार कर्णाली प्रदेश अर्न्तगत डोल्पामा १४, सुर्खेतमा १०१, दैलेखमा ६३, रुकुम पश्चिममा ६६, जाजरकोटमा ३२, कालीकोटमा २३, सल्यानमा १८ र हुम्लामा १७ जना कैदीबन्दीले मतदान गर्न पाउने छन्।
सुर्खेत कारागारमा रहेका १०१ जना कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएको छ । उनीहरुले समानुपातिक तर्फको संघमा मात्रै मतदान गर्न पाउने प्रदेश निर्वाचन अधिकारी दुर्गा चालिसेले जानकारी दिए। दैलेख कारागारमा १ सय २६ जना कैदीबन्दी छन्। ६३ जना मतदाता हुन्। जिल्ला कारागारमै मतदान गर्न मिल्ने गरी व्यवस्था गरिएको छ।
कारागार भित्रैबाट पनि मतदान गर्न पाउने भएपनि कैदीबन्दी उत्साहित छ । उनीहरुले संघको समानुपातिकमा मात्रै मतदान गर्न पाउने भएका छन् । कैदीबन्दीले आफ्नो सिद्धान्त र विचार नजिकको पार्टीका उम्मेदवारसँग मतदान गर्ने विषयमा छलफल गरिरहेको कारागारहरुले बताएका छन् । कारागारभित्र निर्वाचनमा मतदान गर्ने विषयमा पनि छलफल हुने गरेको एक कैदीले बताए । मुगु जिल्ला बाहेक कर्णालीका ९ जिल्लामा कारागार छन् ।
मतदाता नामावली ऐन २०७३ को दफा ३० बमोजिम अस्थायी मतदाता नामवलीमा दर्ता भएका व्यक्ति अस्थायी मतदाता हुन्। अस्थायी मतदाता सम्बन्धी २०७३ मै कानुनी व्यवस्था भएपनि यस पटकको निर्वाचनबाट मतदानमा सहभागी हुन थालेका हुन्।
निर्वाचन आयोगको मतदाता नामावलीमा नाम समावेश भएका नेपाल सरकारका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र बृद्धाश्रममा बसेका व्यक्तिलाई अस्थायी मतदाता भनिएको छ।
याे पनिः