सुर्खेत। समुदाय–प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत ६७ औं प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम गरिएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त आयोजनामा वीरेन्द्रनगरका विभिन्न स्थलहरुमा सरसफाई गरिएको हो।
सरसफाई कार्यक्रममा प्रहरी नायव उपरीक्षक सुरज कार्कीको कमाण्डमा एक सय १२ जना प्रहरी टोली, जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो।
कर्णाली प्रदेश प्रहरी गण, जिल्ला प्रहरी कार्यालय सुर्खेत, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत लगायतका तालुक कार्यालयका तर्फबाट सहभागिता रहेको प्रहरीले जनाएको छ।
वीरेन्द्रनगरका बुलबुले उद्यान, उत्तरगंगा शिव मन्दिर लगायतका क्षेत्रमा सरसफाई गरेको थियो।