श्रावण १
ए अँ साच्ची साउन महिना पनि लागे छ। आज त तिमी हातभरी हरिया चुरा अनि मेहन्दिले रंगाउदै छौ होला। नजिकैका दिदिबहिनी दिउँसो जम्मा भएर चरी जस्तै बुट्टाले हात रंगाउदै सजिने योजना पनि छन् होला।
थाहै नदिएर एकाबिहानै मन्दिर सम्म पनि पुगिछ्यौ। भगवान् सामु के-के माग्यौ मलाइ पनि सुनाउन है। म पनि तिम्रो त्यो मागलाइ पूरा गरिदिनका लागि भगवान् सँग प्रस्ताव राखिदिनेछु। आफ्नो मनलाइ सन्तुष्टि दिलाउन कति जानेकि तिमी। कति तिम्रो भगवानसँग मात्र माग्छ्यौ कहिले काहीँ त म सँग पनि केही मागे हुने, म मनमनै सोचिरहेको थिएँ।
मैले देखेको, हरेक ले आफ्नो आफ्नो मान्छेको नाममा मेहेन्दिले हात भरी नाम लेखेको। मलाइ थाहा छ तिमीलाइ पनि मेरै नामले हातभरी रङ्याउने रहर आउँछ होला। म बुझ्छु नि तिमीले मेरै नाम हातमा लेखी रहनु आवश्यक छैन। त्यसैमा दुनियाँले डाहा गर्छ हामी लाई देखेर । त्यो तिम्रो हातको मेरो नाम देखेर। तिमी पनि रस युक्त जोवन त्यसैमा चपलवयसी छौ। नजर वाण घुमाउने हरुको कमि छैन दुनियाँमा। त्यसैमा तिम्रो त्यो लजालु स्वभाव र परिवारको संस्कारलाइ सम्मान गर्नकै लागि भएपनी तिमीले त्यस्तो गर्दैनौ होला । हाम्रो समाजले पनि त अविवाहित नारी लाई सबै छुट दिएको पनि त छैन नि, केही छैन मान्यता लाई मन्नुपर्छ । आशा छ मनमा, तिमीले मेहेन्दिले हातमा हैन नमेटिने रगतले मनमा स्थायी रुपमा नाम लेख्नेछौ भनेर ।
देखावटी प्रवृती लाई नक्कल गरि हातमा नाम लेख्ने तर क्षणमै सम्बन्ध लाई ब्रेक गर्ने हरुलाइ प्रहार तिमीले गर्नेछौ । आफ्नो संस्कार आफ्नो परिवार नैतिकता र आफु माथी उठ्न सक्ने प्रश्नलाइ बुझ्ने छौ । लाउनु खानु र मोज मस्ती गर्नुमात्र जीवन हैन भन्ने तिमीलाइ राम्रै सँग थाहा भएको कुरा हो । जो मैले तिमीबाट सिक्ने अवसर पाएको थिएँ । यसको मतलब जीवनमा दुख नै काट्नपर्छ, नराम्रो नै हुनपर्छ भन्ने हैन । आफुले कती सम्म गर्दा ठिक हुन्छ भन्ने कुरामा ध्यान दिन पर्छ । भोगवादी जीवन आजीवन टिकाउ हुन सक्दैन । विलासी ज्यादा हुनु पनि स्वभानीय हुदैन । भनिन्छ नि गरिव परिवर्तन भएर धनी बन्न सक्छ तर दरिद्र जनिनै धनी भएपनी दरिद्र नै हुन्छ । तिम्रो लाइन खाइन र तिम्रो स्वभाव केवल तिमी सँग मात्र जोडिएको हुदैन । त्यो त तिम्रो परिवा, तिम्रो आफन्त तिम्रा गुरु तथा तिम्रा मित्रहरू समेत चित्र देखिने हुन्छ । त्यो सबै कुरा तिम्रो परिवारबाट तिमिले सिकिसकेकी छौ । तिमी परिवारमा कसैको छोरी कसैको बुहारी को रुपमा मात्र सिमित हुने छैनौ । परिवारलाई लक्ष्मी को आभास तिमी दिने छौ र समाजमा एक ३२ लक्षिनले भरिपुर्ण नारीको ?पमा परिचित हुनेछौ । तिम्रो परिवार पनि छोरिको आचरण र स्वभाव असल होस भन्ने चाहेर अनेक ज्ञान गुणका कुरा सिकाउनु हुन्छ होला । आदर्श नारिको ज्ञानको तिमीलाइ तिम्रो परिवारमा अभाव छ जस्तो मलाइ लाग्दैन । त्यसैले आफ्नै कारणले आफ्नो जीवन सँग सम्बन्ध जोडिएका हरुको इज्जत लाई बचाउन पनि तडक(भडक स्वभाव देखाउने छैनौ ।
अब त तिम्रा मनका मनकामना पूरा होउन भनि विभिन्न तिथि पार्दै व्रत बस्ने पनि गर्ने होला होइन ? भोकै बस्ने दुख काट्ने भन्दा आफ्नो स्वास्थयको अहिले ख्याल गर्नेछौ । भविष्य लाई सम्झेर अहिले दुख काट्ने काम नगरेकै राम्रो हुन्छ । व्रतले नै मान्छेले सोचेको पुग्ने भन्ने त्यो मनको लड्डु घ्यू सँग खानु जस्तो मात्रै हो । देखेकै छौ होला केही उदाहरण । व्रतको नाममा पानी समेत नखाएर बसेका तिनै नारी हरुले कति सम्मको पीडा खप्नुपर्ने वाध्याता छ भन्ने कुरा । दसकौँ सम्म व्रत बसेका महिला दिदी बहिनेले पनि विभिन्न दुव्र्यावहार र अपमानका घटना तिमी हाम्रो समाजमा कम छैनन् । त्यसैले म त भन्छु, तिम्रो त्यो व्रत भन्दा तिमीले गरेका हरेक कामले तिम्रो भाग्य र भविष्यको निर्धारण हुन्छ । समयलाइ बुझेर त्यसै अनुसार अघि बढ्यौ र आफ्नो कर्मलाई नबिर्सेर सच्चा नारिको रुपमा देखियौ भने तिम्रो त्यो व्रत भन्दा ठूलो उपलब्धि त्यहि हुनेछ माया । आदर्श देखाउनकै लागि हातमा चुरा मेहेन्दी र सारी मा सजिने, त्यसैको केही समयमा च्यातिएका बस्त्र पहिरिदै पश्चिमी संस्कृती अनुसरण गरेको खासै सार्थकता हुदैन । पुरानै झुत्रे कपडा होस तर त्यो सबैले स्वीकार गर्ने होस् ।
म पनि त्यस्तै चाहान्छु । म सँग जोडिएको मान्छे जो तिमी जस्तै होस् । समाज र परिवारको इज्जत गर्न सकोस् । आफ्नो इज्जत र अस्मिता लाई जोगाउन सिकोस र सिकावस । सानालाई माया गरोस ठुलालाइ सम्मा गर्न सकोस । आफ्नो जिम्मेवारी र कर्तव्य केहो राम्रो सँग बुझोस । जस्तो सुकै परिस्थितिमा पनि सम्हालिएर अघि बढ्ने प्रेरणा मलाई देओस् । मानिस जन्मेको समय देखि नमरुन्जेल सिकाइकै क्रममा हुने गर्छ । म तिमिलाइ चाहान्छु आफुमा भएका कुरा ज्ञान मलाइ सेयर गर्ने र नजानेको कुरा सोधुन भनेर । जसरी रथ एक पाङ्ग्राले हिँड्न सक्दैन त्यस्तै मेरो जीवनको एउटा पाङ्ग्राको रुपमा तिमी हुने छौ । जीवनका जोडिएका हरेक यात्रा हरु तिम्रो र मेरो सहयात्रा भावनात्मक र व्यावहारिक रुपमा रचनात्मक हुने छन् ।
तिम्रा ती डोला डोला हातहरुलाई रंगिविरंगी बानाएर हरियो वस्त्रमा सजिदै म सँग सँगै भएको कल्पना पनि गर्नेछौ । तिम्रा साथिहरु को जोडि लाई तिमी र मसँग तुलना पनि गर्ने छौ । अनि मख्ख पर्दै आफ्नो मन सँग लज्जित हुँदै मेरा अनेक उपनाम जोडेर मस्किने छौ । यो त मेरो कल्पना हो सानी तिमीले म प्रती गर्ने माया को कल्पना गर्दा तिमीले यति सम्म गर्न सक्दिनौ होला भनेर म कल्पना पनि गर्न सक्दैन । ठिकै छ सानी जे भएपनी आज साउन १ गते आफ्नो मनलाइ आनन्दित बनाउने मनमा कल्पना र भावनाका महल निर्माण गर्ने दिन । तिमी पनि हाम्रो जीवनको सपना बनाउदै आफ्नो मनलाइ खुसी बनाउ । सम्पुर्ण नारीलाई साथै स्पेसल त मेरो माया तिमिलाइ शुभकामना दिन चाहान्छु ।
श्रवण २ सोमबार
साउन महिनाको पहिलो सोमबार एका बिहानै मेरो सानिले मामु बाहिर गएको अवसर परि कल गरिन । उनिले एक गते भएका सम्पुर्ण गतिविधि सुनाइन् । म पनि उनका कुरा सुनेर आनन्द लिदै अनि के भयो भन्दै सोध्दै थिएँ । साउन महिनामा हातमा मेहेन्दी लगायो हरियो वस्त्र लगायो भने सोचेको पुग्ने र आफ्नो पतिको आयु समेत लामो हुन्छ रे भन्दै उनले सुनाइन । यति सुन्दा मलाइ स्वर्गीय आनन्दको अनुभुती । मैले भयो । मेरो जन्म दिने आमा लाई सम्झिए मेरो बाबा लाई सम्झिए । मलाइ यस समय सम्म पुर्याउने मेरो भगवान् मेरो बाबा मम्मी र मेरो बाकी जीवनको आयु बढाउने भगवान् मेरि सानी भन्ने मनमनै कल्पना गरे र उनलाइ सुनाए ।
उनीले पनि मस्कदै भनिन्, हो नि सबै भन्दा ठूलो भगवान् भने पनि जे भनेपनी आफ्नो आमाबाबा मात्र हो । यसैमा उनले थपिन् यदि म नभए म जस्तै अरु त कति पाउनुहुन्छ कति तर बाबामामु नभएको भए के हुन्थ्यो सोच्नुस त भन्दै मलिन स्वरमा आफ्ना शव्दह? सुनाईन । मलाई लाग्थ्यो उनलाइ मैले केही कुरा सिकाउनु पर्छ जस्तो तर सिकाउन बाँकी केही नभएको मैले महसुस गरे । उनको त्यो आमाबुबा प्रतिको सद्भाव देख्दा साच्चिकै लक्ष्मीनै उनी हुन् जस्तो लाग्यो । मैले खोजेको साथी पनि उनी जस्तै थिइन र आखिरमा उनि नै होलिन ।
जसले सम्बन्ध बुझ्छ परिवार बुझ्छ जसले जीवन बुझ्छ जसले आमा बाबाको आदर सम्मान गर्छ, जसले समाजका राम्रा पक्षलाइ जोगाउन र नराम्रा कुरालाइ सुधार्न चाहान्छ , त्यस्तो आदर्श नारी मेरो जीवन साथी हुनुपर्छ भन्ने म सोच्दथे । उनी त मैले सोचेको भन्दा पनि बढी भएको मैले पाए । हामी बिच यस्तै कुरा हुँदै थियो । म पनि डाँडा परि लुकेर कुरा गर्दै थिए । उनको मामु आउनु भएछ । कुराकानी त्यतिकैमा अन्त्य भयो । त्यसपछि म पनि बाबामम्मी लाई सहयोग गर्न निस्के । सबै कुरा भएको थियो । तर आज त उनले सोमबार को व्रत बस्ने भन्ने कुरा नै सुनाएकी थिइन् यतिकैमा हाम्रो कुरा रोकिसकेको थियो । मैले उनी सँग बिताएका विगतका पल सम्झिए । तिनै पललाइ भविष्य संग तुलना पनि गर्दै दिन बिताए । मेरो त्यो दिन कल्पनामा नै बित्यो ।
श्रावण ३
तिम्रो बहिनी ले तिम्रो त्यो हातको अनेक रंगिचंगी मेरो म्यासेन्जरमा सेण्ड गरिन । मैले लगाएको दिदिको हातमा । मलाइ राम्रो बुट्टा लगाउन आउँछ । उनले आफ्नो सिपको वयानको लागि तिम्रो हातको फोटो पठाएकी रहिछन् । मलाइ तिम्रो फोटो कसरी माग्ने निहुँ चाहिएको थियो । मैले केहि कुरा गर्न नपरी फोटो पाएपछी खुसिको कुनै सिमा रहेन । मैले हतार हतारले हेरे । आँखा वरिपरि तिम्रै तस्वीर घुम्यो । मैले तिमिलाइ सम्झिए । मग्नमस्त थिएँ तो चेहेरा हेरेर । प्यारी सानी मैले तिमीले यति सम्म प्रेम भाव प्रस्तुत गर्छयौ भन्ने ठानेको पनि थिएन । साच्चिकै तिम्रो त्यो कोमल डोला बाटुला हातका नाडी देखि तिम्रा प्रत्येक औलामा विभिन्न संकेतले भरिएका बुट्टा देख्दा मख्ख भए । नजिकै बसेको भए त्यो हातको बुट्टालाइ मेरो आफ्नै हातले स्पर्श गर्दै मेहेन्दी लगाइदिन पाएको भए सानिलाइ कति माया दिन पाउथे होला भन्ने सोचे ।
तिम्रो बहिनीले तिम्रो र आफ्ना मंगलबारे व्रत का अनेक कहानी सुनाइन । त्यो सुन्दा तिमी सँग एक पटक कुरा गर्ने सोच बनए तर कल गर्न सकिन । यसो भन्दा तिमिलाइ नराम्रो लाग्न सक्छ । कारण के थियो भन्दा आज भन्दा पहिले पनि तिम्रो बहिनीलाई नै कुरा गराइदेउ भनेर भनेपछि मात्र कुरा हुन्थ्यो । फेरि तिम्रो बहिनीलाई त्यो कुरा थाहा थिएन कि तिमी र म पेम प्रेमिका हो भन्ने । त्यसैले म यो कुरालाई केही समय गोप्य नै राख्न चाहान्थ्येँ । थाहा भएपछी तिमिलाइ तिम्रो र मलाइ मेरो परिवार बटा चुनौती खेप्नुपर्ने मैले बुझेको थिए । हाम्रो पढाइ पनि अधुरै छ । म २१ उनी १८ वर्ष उमेर मात्रका थियौँ । अनि हामी पनि त्यति सारो सम्बन्धमा बस्ने र बिहे गर्ने उमेरका पनि त थिएनौ । म हाम्रो सम्बन्ध लाई यस्तो सावित गर्न चाहान्थेँ कि यहाँ जोडिने सम्बन्ध गलत नै हुन्छन भन्ने सोचाइ मेटाउन सकुँ । तर यो त्यति सजिलो थिएन । जुन हाम्रो समाजले पहिले देखि नै अस्वीकार गर्दै अएको थियो । हामी आफ्ना मनका भावना र मायालाई मेटाउदा हाम्रो परिवारको इज्जत लाई ख्याल गर्नुपर्ने तिमी पनि बुझ्छौ । तिम्रा गतिविधि को बारे कसैलाइ चालै नहुने गरि म तिम्रो बहिनी सँग सोधपुछ गर्थे । जे भए पनि तिमिले हिजोको सोमबारको दिनको व्रतलाइ आनन्द तरिकाले बितायौ भन्ने सुन्दा म पनि जे जस्तो भए पनि खुसिको अनुभुती गरे । मेरो पनि एक वर्ष उमेर बढेको जस्तो मनमनै खुसी हुँदै महसुस गरेँ ।
बुधबार र बिहिवार
मेरो परिवेश ग्रामीण थियो । अनि उन को चाहिँ शहरमा घर थियो । त्यतै बस्ने पढ्ने मात्र काम उनको थियो । गाउँमा वर्षाको खेतिपातिको सिजन चलेको थियो । दिनहु जसो मेला पर्ममा जानुपर्ने बाध्यता जस्तो थियो । यिनै दुई दिन हाम्रो आफ्नै घरको रोपाइँ गर्ने तयारिका साथ सबै परिवार जुटेका थियौँ । झमझम मुसलधारे पानी परिरहेकै थियो । म कोदाली समातेर मेला तर्फ लागे साथमा गाउँ को दाइ पनि म संग संगै जानु भयो । मेला पुग्न लगभग आधा घण्टा जति समय लाग्थ्यो । त्यो समय दाईले आफ्नो प्रेमिकाले आफ्नै नामको मेहेन्दी लगाएको अनि हरियो सारिमा सझिएको तस्वीर देखाउदै भन्नुभयो । मलाई धेरै मायाँ गर्छु भन्छे मलाइ पनि ठिकै लागेको छ । गाँउको केटि हो मेलापात पनि गरिहाल्छे । सुखदुःख पनि बुझ्ने खालकी छ । दाइले सुनाउनुभयो । यति भन्दा मैले मेरि सानी लाई सम्झे उनी त सहरमा बसेकी घर परिवारको प्यारो छोरी परिवारको लाडै(लाडमा हुर्केकी के गर्ने होलिन भन्ने सोचे । जे भएपनी उनी मेरो लागि उपयुक्त भएको मनले निश्चित गथ्र्यो र भन्थ्यो उ एक आदर्श नारी हो । उनि सम्पूर्ण गुण र ज्ञानले युक्त छिन । दाइले मलाई सोध्नु भयो तेरो के छ बाबू कस्ती छिन त हाम्री हुनेवाली बुहारी । मलाई लाजको कुनै सिमा रहेन । बोल्ने कुनै वाक्य आएन केहि बेर पछि बोलेँ को हुनु र मेरो विहे गर्ने उमेर भएकै छैन दाइ पनि के कुरा गर्नुहुछ, केहि वर्ष लागिहाल्छ नि अझै ।
मेलामा पुगिसक्यौ सबै जना जम्मा भएर कामको तयारी गर्दै कुरा गर्न थाले । महिलाहरू को लागि साउनको महिना अच्चमकै हुने रहेछ । एक ले अर्काको अर्काले अर्काको केटा र केटिको जोडि भन्दै कुरा गर्न ठिक्क हुने रहेछ । म नजिकै काम गर्दै सुन्दै थिए । सबैका कुरा सक्किएपछी मेरा कुरा गर्न समेत पछि परेनन् । भन्न थाले आज बुहारी भएको भएत रमाइलो हुन्थ्यो त घरको रोपाइँ नानाथरी कुराले गिज्याउन थाले । म भने मेरी सानिलाई सम्झिदै थिएँ ।
कति कति बेला सोच्थे उ पनि यतै छ कि भन्ने लाग्थ्यो र फर्केर हेर्थेँ। मनमा न्याश्रो अनुभुती हुन्थ्यो बेला बेला । बादल र कुहिरोले दिन पनि रात जस्तै अँध्यारो थियो । ठूलो झरिका कारण खोलानालाको आवजले विभिन्न आवाज मा ताल मिलाएर सुस्साइ रहेका थिए । त्यही विभिन्न आवजमा म आफू हराएको पत्तै पाँउथेन । कतिबेला उनको आवज आएर कानमा ठोकिनेहो भन्ने सोच्दथ्यँ । काममै भएपनी उनकै समिपमा अधीनस्थ थिएँ । रोपाइमा आएका रोपार आमार दिदी हरुले सुरिलो भाकामा असारे गीत गाउँदा को त्यो पल साँच्चिकै स्वर्गीय आनन्द प्रदान गर्ने क्षमता बोकेको थियो त्यसैमा मेरी सानिले पनि संगै आवाज दिएको भए झन कति सुनमा सुगन्ध मिसिए जस्तो हुने थियो । यिनै रोचक परिवेशमा म आफ्नो अदृश्य माया लाई कल्पना गर्दै त्यो बादल पारिको एकान्तमा भएको कल्पना गर्थें । त्यसमा केवल हामी दुई मात्र उपस्थिति रहेको हुन्थ्योँ । सुनसान र एकान्त अनुभुती दिन्थ्यो त्यो बादलको पर्खालले । त्यो बस्तीको तृणमय भूमिमा लट्पटिदै लुकामारी खेलेको कल्पनाले बेला बेला मेरो मस्तिष्क चार्ज गर्ने काम गरेको थियो । यस्तै यस्तै रमाइला कल्पना र गफगाफ सँगै त्यो दिनको काम पनि सकियो ।
शुक्रबार
कुरा रमाइलो चलिरहेको थियो आफ्नै जीवनको । कतिबेला भावुक त कतिबेला वास्तविक घटना जसरी । अनौठा अनौठा कल्पनाका ज्वारहरु वास्तविक भोगाइकै रुपमा सिलसिलाबद्द तरिकाले गाँसिरहेका थिए । मनमा आनन्द को अनुभुती जस्तो महसुस गर्न पाएको थिएँ । यी सबै मेरो जीवनका वास्तविक घटना त थिएन दिवास्वप्ना मात्र थिए । साउनको महिनामा नारीहरुले शिव जस्तो पति पाउन र आयु बढोस् भन्दै व्रत बस्ने परम्परा हाम्रो समाजमा पहिले देखिनै चल्दै आएका विभिन्न प्रचलन मध्ये एक थियो । मेरो सानी पनि साउन महिनालाई राम्रो सँग मनाउने तयारिमै छिन होला । उनलाइ पनि त मलाइ पाउनुछ उनको शिव भने पनि राम भनेपनी म नै त होला । म उनलाई नै सम्झदै मनगड्न्ते कुरा गर्दै बसिरहेँ । जे जस्तो भए पनि विगत २१ वर्ष यता तिमी सँग भेट हुन पाएको छैन । तिमिलाइ मेहेन्दी अनि हरियो चुरा किनिदिन पाएको छैन । तिमीलाई बजार जाने अनि आफुलाइ मन पर्ने कपडा चुरा अनि मेहेन्दी किनेर लगाउने रहर छ होला । त्यसको लागि आवस्यक पर्ने पैसा छ छैन थाहा भएन । नभएको भए बाबा मम्मी सँग अनुरोध गर । अन्य आवश्यक साथीहरु सँग व्यवस्था गर । पछि फिर्ता गरिदिउँला । अझै २र४ वर्ष भेट नहुन सक्छ । त्यतिन्जेल सम्म तिमी आफुलाइ सम्हाल्दै आफु र आफ्नो परिवारको इज्जतलाई धानेर बस्ने छौ ।
मीठो माया अनि सम्झना को साथमा तिमीलाइ शुभकामना भन्न चाहान्छु ।
अन्तिममा स् नेपाली समाजमा साउन महिना मेहेन्दी हरियो बस्त्र र हरियो चुराको बिशेश रहेको पाइन्छ । सम्पुर्ण आमा तथा दिदिबहिनीहरुको मनलाइ चंगा जस्तै देख्न पाइन्छ । विभिन्न व्रत कथा र पुजा पाठमा तल्लिन भएको देख्न पाइन्छ । यस परिवेशमा हरेक नारीले व्रत बस्दा मेरो लागि पनि कोहि त व्रत बसेकी छिन् होला कल्पना बन्न पुग्यो । मन पग्लियो । मनमा अनेक भावना खेल्न थाले । भावनालाइ व्यक्त गर्नको लागि केही शब्दहरुको माला उन्ने प्रयास गरेँ।
लेखनको लागि हौशला, सल्लाह सुझाबका साथ आवश्यक सहयोग गर्नु भएकोमा दाजु योगेश कुमार रिजाल प्रती हार्दिक आभार प्रकट गर्न चाहान्छु।