दैलेख। दैलेखकाे दुल्लु नगरपालिकाका युवा तथा बालबालिकासँग अन्तरक्रिया कार्यक्रम गरिएकाे छ। बिहिबार नगरसभा हलमा युवा तथा बालबालिका शसक्तिरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएकाे हाे ।
कार्यक्रममा दुल्लु नगरपालिकाका प्रमुख भरत रिजालले विद्यालयमा अतिरिक्त क्रियाकलाप, खानेपानी, विद्यालय अनुगमन, स्यानेटरि प्याड लगायतका विषयलाइ केन्द्रीत गरि आगामी आर्थिक वर्षकाे वार्षिक बजेट तथा कार्यक्रममा समेटिने प्रतिवद्दता जनाए ।
करिब ४० जना युवा तथा बालबालिकाहरुको उपस्थितिमा सवाल जवाफ कार्यक्रम गरिएकाे थियाे ।
एभरेस्ट क्लब, सक्रिय युवा क्लब र दुल्लु नगरपालिकाको साझेदारीमा उक्त कार्यक्रम आयाेजना गरिएकाे हाे।
सक्रिय युवा क्लब ले दुल्लुमा विभिन्न कार्यक्रम गर्दै आएको र आगामी दिनमा अझै सचेतनामुलक कार्यक्रमहरु गर्ने अध्यक्ष नारायण रिजालले जानकारी दिए।
कार्यक्रममा सामाजिक युवा तथा खेलकुद शाखा प्रमुख विकासजँग शाही, लै.स.स शाखा प्रमुख उमा उपाध्याय, सक्रिय युवा क्लब दुल्लुका अध्यक्ष नारायण रिजाल र कार्यक्रम सञ्चालन पञ्चकोशी ज्वाला युवा प्रतिष्ठान दैलेखका अध्यक्ष लोकेश गिरी लगायतकाे सहभागिता रहेकाे थियाे ।