सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवा प्रवाहका लागि समय कार्ड लागू गरेको छ । सेवाग्राहीको सहजताका लागि सोमबारदेखि समय कार्ड लागू गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
हरेक दिन सार्वजनिक सेवा, शाखा÷कोठा नम्बर, आवश्यक कागजात पेश गरेको समय, सेवा प्राप्त हुने समय र जिम्मेवार कर्मचारीको विवरण भरिएको कार्ड सेवाग्राहीले पाउनेछन् । सो समय कार्डको आधारमा आरामदायी सेवा पाईने विश्वास लिइएको छ ।
संघ संस्था दर्ता, राहदानी, नागरिकता, नाबालक परिचय पत्र, राष्ट्रिय परिचयपत्र, सिफारिस, मुद्दा र हातहतियार नविकरण लगायतका कामहरु प्रशासन कार्यालयबाट हुँदै आएका छन् । रीतपूर्वक कागजात पु¥याएको अवस्थामा तोकिएको समयभित्र सार्वजनिक सेवा प्रवाह गरिने प्रमुख जिल्ला अधिकारी रिजालले बताए । उनका अनुसार कुनै एउटा कामको लागि लागि अधिकतम् एक घण्टा समय तोकिएको छ ।
सेवाग्राहीलाई लाईन लागेर पालो कुर्नुपर्ने बाध्यताबाट मुक्त गराउन समय कार्डको प्रयोग गरिएको रिजालले बताए ।