महाबु। महाबु गाउँपालिका दैलेखले शिक्षकको तलब कट्टा गरिदिएको छ। विना निवेदन विद्यालयमा अनुपस्थित हुने शिक्षकको तलव कट्टा गरिएको महाबुको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ।
गाउँपालिकाले चार वटा माध्यामिक विद्यालयका २४ शिक्षकलाई कारबाही गरेको शिक्षा अधिकृत कृष्ण बहादुर वलीले जानकारी दिए। उनका अनुसार गैडाबाज माविका ९ जना, जयन्ती मावि खरिगैराका ८ जना, जगदिश मावि ऐराडीका ६ जना र भैरव मावि रानिवनका १ जना शिक्षकको तलब कट्टा गरिएको छ।
गाउँ शिक्षा समितिको असोज ५ गते बसेको बैठकको निर्णयअनुसार असोज ६ गते गरिएको अनुगमन गरी कारबाही सिफारिस गरेको थियो। साथै, शिक्षा नियमावली २०५९ बमोजिम गयल दिनको हुन आउने रकम कट्टा गरी अनुपस्थित शिक्षकहरुको तलव निकासा गर्ने व्यवस्था बमोजिम कारबाही गरिएको अधिकृत वलीको भनाई छ।