सुर्खेत। अरिंगालले टोकेर एक जनाकाे मृत्यु भएको छ। रुकुम पश्चिमकाे त्रिवेणी गाउँपालिका–१, का ३८ वर्षीय सुवर्ण सुनारको मृत्यु भएको हो।
तीन दिनअघि अरिंगालले टोकेपछि बिरामी भएका सुनारको आइतबार उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सल्यानको श्रीनगरमा मृत्यु भएको हो।
अन्य साथीहरूसँगै सल्यानको बाँफुखोलामा अरिंगालको गोला झार्न गएका सुनारलाई अरिंगालले टोकेको थियो। घाइते सुनारलाई तीन दिनसम्म त्रिवेणी गाउँपालिका–६, झुल्नेटास्थित एक निजी स्वास्थ्य क्लिनिकमा राखेर उपचार गरिएको थियो।
अरिंगालले टोकेपछि उनको शरीरमा ५३ वटा घाउ थिए।
सुनार त्रिवेणी गाउँपालिकाका कर संकलकका रूपमा सल्यान र रुकुम पश्चिमको सिमाना खाेलामा बसेर काम गर्थे।
