काठमाडौं। १० मेगावाटसम्मका साना जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता ९पीपीए० खुल्ने भएको छ।
स्वदेशी साना लगानीकर्तालाई विद्युतमा लगानी प्रोत्साहन गर्न नेपाल विद्युत् प्राधिकरणले पिपिए खुलाउने निर्णय गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा अघिल्लो साता बसेको प्राधिकरण सञ्चालक समितिको ९६३औं बैठकले १० मेगावाटसम्मका नदी प्रवाही ९आरओआर० र अर्धजलाशययुक्त ९पीआरओआर० जलविद्युत् आयोजनासँग जहिले र जति पनि पीपीए गर्ने निर्णय गरेको छ।
१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् ‘ल्याऊ या तिर’ ९टेक अर पे० प्रावधानका आधारमा खरिद गरिने समेत प्राधिकरणले जनाएको छ ।
आयोजनाका विद्युत् सुक्खायाम ९१६ मंसिर–१५ जेठ० र वर्षायाम ९१६ जेठ–१५ मंसिर० का लागि हाल कायम दर क्रमशः ८।४० र ४।८० रुपैयाँ प्रतियुनिटमा खरिद हुने भएको छ ।
१० मेगावाटसम्मका ८९ आयोजनाले पीपीएका लागि प्राधिकरणमा निवेदन दिएका छन् । आयोजनाको क्षमता ३ सय ५१ मेगावाट छ । त्यसमध्ये १ सय ९५ मेगावाटका ४४ आयोजनासँग ग्रिडआबद्ध सम्झौता भइसकेको छ ।
दीर्घकालीन रूपमा आन्तरिक उत्पादनबाटै विद्युतमा आत्मनिर्भर हुने उद्देश्यले आगामी १० वर्षमा उत्पादन गरिने १५ हजार मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत् प्रणालीमा जलाशययुक्त आयोजनाको २५ प्रतिशत, पिकिङ आरओआरको ३० प्रतिशत, आरओआरको ४५ प्रतिशत अंश रहने गरी उत्पादन सम्मिश्रण तय गरिएको थियो ।
सोही आधारमा पीपीएको सीमा तय गरिएको थियो । आरओआर आयोजनाका लागि तय गरिएको अर्थात् ६ हजार ७ सय ५० मेगावाट सीमा पूरा भइसकेकाले १० मेगावाटसम्मका आयोजनाको समेत पीपीए हुन सकिरहेको थिएन । १० मेगावाटसम्मका अधिकांश आयोजना आरओआर छन् । प्राधिकरणले हालसम्म ९ हजार २ सय मेगावाटको पीपीए गरिसकेको छ ।