सुर्खेत। कर्णाली प्रदेशका समाजिक विकास मन्त्री खड्क बहादुर पाेखरेल अहिले निर्माणाधिन वीरेन्द्रनगर रंगशालामा मात्रै सबै खेलहरु खेलाउन सम्भव नरहेकाे बताएका छन्।
१० औं राष्ट्रिय खेलकुदका सम्पुर्ण खेलहरु उक्त रंगशालामा मात्रै खेलाउन कठिन हुने उनको भनाइ छ।
त्यसका लागि अन्य जिल्लाहरुमा पनि आवश्यक संरचनाहरु बनाउन आवाश्यक छ।
बुधबार वीरेन्द्रनगरमा आयाेजित खेलकुद पत्रकारितामा तालिमकाे उद्घाटन गर्दै पाेखरेलले भने, ‘अहिले बनिरहेको रंगशालामा मात्रै सबै खेल खेलाउन सम्भव छैन, त्यसैले कुन खेल कुन जिल्लामा खेलाउन सकिन्छ भन्ने विषयमा तयारी गरिरहेका छौं।’
तर,आर्थिक अभाव भने कायमै रहेकाे उनकाे भनाइ छ। आर्थिक अभावमा बीचमा पनि १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नुपर्ने बाध्यतामा कर्णाली रहेकाे छ ।
गाैरवकाे रंगशालाकाे काम अहिले धमाधम भइरहेको छ। मन्त्री पाेखरेलले अवसर र चुनाैती दुबै रहेकाे बताए।
कर्णालीकाे खेलकुद विकासलाई अगाडी बढाउनका सरकार अग्रसर भइरहेकाे पनि उनले बताए।
‘कर्णालीका खेलाडीहरुलाई अझै सक्षम बनाउने वातावरण कर्णालीले सिर्जना गर्ने छ,’ उनले भने, ‘त्यसका लागि सरकार अग्रसर भइरहेकाे उनकाे भनाइ छ।’