काठमाडाैं। काठमाडौं महानगरपालिकाले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ। कार्यपालिकाकाे निर्णय विपरित कार्य गरेकाे भन्दै उनिहरू निलम्वनमा परेका हुन्।
महानगरले मेयर बालेन शाहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई सोमबार निलम्बन गरेको जनाइएकाे छ ।
‘कार्यपालिकाको निर्णयविपरीत फरक व्यहोरा उल्लेख गरी उहाँहरूले स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारीलाई निरन्तरता दिने निर्णयमा प्रमाणीकरण गर्नुभयो,’ उनले भने, ‘सुरूमा कार्यापालिका निर्णयअनुसार नै गरे पनि पछि भने फरक व्यहोरा उल्लेख गरिएको पाइएको छ।’
कार्यपालिकाले गरेको निर्णय हेरफेर गरेको आरोपमा उनीहरूलाई निलम्बन गरिएको हो।
पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो। तर त्यसमा वरिष्ठ शाखा अधिकृत बिडारीले नियतवश आफ्नो छोरी सुप्रिया ढुंगेलको नाम उल्लेख गरी छ जना बनाएको आरोप छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी आफैं यस घटनामा संलग्न भएको पाइएपछि उनलाई छानबिन कार्य नसकुन्जेल मेयरले बिदामा बस्न भनेको सचिवालयका एक कर्मचारीले बताए।