सुर्खेत। सुर्खेत उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा सुरु भएको छ। ४० औं साधारणसभाको रुपमा वीरेन्द्रनगरमा साधारणसभा सुरु भएको हो।
प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, अतिथि उद्योग पर्यटन वन तथा वातवरण मन्त्री कृष्ण कुमार विसी, प्रतिपक्ष दल कर्णाली प्रदेश नेकपा एमालेका नेता एबम् प्रदेश सभा सदस्य यामलाल कँडेल, नेपाल उद्योग वाणिज्य महासंघका वाणिज्य उपाध्यक्ष सुरकृष्ण वैद्य लगायतका अतिथिहरुको सहभागिता रहेको छ।
साधारणसभामा सुर्खेत स्थित व्यवसायिहरुले उपस्थिति जनाएका छन्।