सुर्खेत। जाजरकोटमा आज (आइतबार) पनि दुई पल्ट भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १:२२ बजे चार रेक्टर स्केलको भूकम्प गएको हो ।
त्यसको एक घण्टापछि नै २:२४ बजे ४.१ रेक्टर स्केलको भूकम्प मापन भएको केन्द्रले जनाएको छ । जाजरकोटमा गत शुक्रबार राति ११:४७ बजे गएको ६.४ रेक्टर स्केलको भूकम्पपछि अहिलेसम्म चार रेक्टरमाथिका सातवटा भूकम्पका धक्का मापन भएका छन् ।