सुर्खेत। भूकम्पका कारण घाइते भएका रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका घाइते तीन जनालाई प्रदेश राजधानी सुर्खेत ल्याइएको छ। उनीहरूको थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत अहिले बिहान नौं बजे सुर्खेत पुर्याइएको हो।
चिकित्सक पूर्यार फर्किएको हेलिकप्टरमा घाइतेको उद्धार गरी ल्याइएको हो।
यसलगत्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा प्रभावित क्षेत्र तर्फा प्रस्थान गरेका छन्।