सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको सम्बन्धन एवम् पदपूर्ति प्रक्रिया स्थगन गर्न निर्देशन आएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालयले मंगलबार निर्देशनात्मक पत्र पठाएको हो ।
गत बैशाख २८ गते ‘अर्को आदेश नदिएसम्म’ सम्बन्धन एवम् पदपूर्तिका प्रक्रिया स्थगन गर्न पत्राचार गरेको थियो । तर, केही दिनअगाडी कर्मचारी भर्ना सम्बन्धि विश्वविद्यालयले सूचना प्रकाशित गरेपछि पुनः मंगलबार थप पत्राचार गरिएको जनाइएको छ ।
साथै, ‘अर्को आदेश नभएसम्म हाललाई स्थगित गरी सोको जानकारी’ प्रधानमन्त्रीलाई दिन समेत भनिएको छ ।