सुर्खेत । कर्णाली प्रदेशमा सभामुखका लागि कांग्रेसका खड्ग बहादुर पोखरेलको उम्मेदवारी दर्ता भएको छ।
पोखरेलको प्रस्तावक प्रदेश सभा सदस्य पूर्ण बहादुर खत्री र विजय बुढाको समर्थक रहेका छन्।
पोखरेलले आज ११ बजे उम्मेदवारी दर्ता गरेको प्रदेश सभा सचिवालयले जनाएको छ।
उनी कांग्रेसका सुर्खेत जिल्ला सभापति तथा सुर्खेत १ (क) बाट निर्वाचित सांसद हुन् ।
सभामुखको लागि आईतवार १ बजे मतदान हुँदै छ।
कांग्रेसको कर्णालीमा १४ सांसद रहेका छन्।
साथै, सत्ता गठबन्धन दलका तर्फबाट उम्मेदवारी दिने तयारी भइरहेको छ।
यो पनि: