प्रदेश सभामुख निर्वाचनः कर्णालीमा के हुँदैछ?

सुर्खेत । कर्णाली प्रदेशको सभामुख निर्वाचनका लागि मिति र समय तोकि सकिएको छ । कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य विनोद कुमार शाहले माघ १ गते दिउँस १ बजे निर्वाचन समय तोकेका हुन् ।
निर्वाचन प्रयोजनका लागि प्रदेश सभा सचिवालयले निर्वाचन तालिका प्रकाशन गरिसकेको छ ।

नर्वाचन प्रयोजनका लागि पुस ३० गते मतदाता नामावली प्रकाशन, उम्मेदवारको प्रस्ताव दर्ता, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारको प्रस्ताव उपर दावी विरोध कार्यक्रम तय गरिएको छ ।
यस्तै, माघ १ गते उम्मेदवारको प्रस्ताव फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र सोही दिन ११ बजेदेखि सभाको वैठक प्रारम्भ, मत विभाजन र निर्वाचन परिणाम घोषणा गर्ने कार्यक्रम तालिका रहेको छ ।
के छ दलहरुको तयारी?
सभामुखका लागि दलका तर्फबाट उम्मेदवारी दिन तयारी थालेका छन् । पात्र छनोटका विषयमा टुंगो नलागेपनि उम्मेदवार दिने तयारी भैरहेको जनाइएको छ ।
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले उम्मेदवारी दिने जनाएको छ । ‘हाम्रो दलका तर्फबाट उम्मेदवारी दिन्छौं । को हुने भन्ने कुरा अहिले नै सार्वजनिक हुँदैन ।’ प्रदेश सांसद घनश्याम भण्डारीले भने । कांग्रेसका १४ सांसद रहेका छन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा र समाजवादीका तर्फबाट एकल उम्मेदवारी पर्ने संकेत देखिएको छ । सत्तासञ्चालनका लागि यी दलहरुले गठबन्धन गरेका छन् । जसअनुसार संसदका चार वटै दलहरुको समर्थनमा माओजादीका राजकुमार शर्मा मुख्यमन्त्री चयन भएका छन् ।
कर्णालीको सभामुख सत्तागठबन्धनको केन्द्रीय सहमति अनुसार नेकपा एमालेको भागमा परेको छ । सोही सहमति अनुसार गठबन्धन दलहरुको एकल उम्मेदवारी रहने माओवादी केन्द्रका सांसद कृष्णबहादुर जिसीले जानकारी दिए । उनले सभामुख कसलाई बनाउने भन्नेबारे दलहरुबीच छलफल चलिरहेको बताए । संसदमा माओवादीका १३, एमालेका १०, राप्रपा १ र समाजवादीका १ सांसद छन् ।
सभामुखका लागि एमालेबाट सुर्खेतकी नन्दा गुरुङ्ग र मुगुका जितबहादुर मल्लको नाम चर्चामा छ ।
निर्वाचन प्रक्रिया
कर्णालीको सभामुखको निर्वाचन प्रयोजनका लागि उम्मेदवारको प्रस्ताव दर्ता पुस ३० गते ११ देखि ५ बजेसम्म समय तोकिएको छ । यो समयमा, प्रदेश सभाको कुनै सदस्यले अर्को सदस्यलाई …