सुर्खेत । प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचन अन्र्तगत सुर्खेतमा ३३ जना उम्मेदवारको जमानत जफत भएको छ । सुर्खेतबाट ६ सिटका लागि ४६ जना उम्मेदवारमध्ये ३३ को जमानत जफत भएको हो ।
निर्वाचित उम्मेदवार र उनका निकटतम् प्रतिस्पर्धी बाहेकका सबैजसो उम्मेदवारको जमानत जफत भएको छ । आफ्नो जमानत सुरक्षित गर्न कूल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने थियो तर सदर मतको १० प्रतिशत मत पु¥याउन नसकेपछि जमानत जफत भएको सुर्खेतस्थित प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए । उनका अनुसार उम्मेदवारी दर्ता हुँदा प्रतिनिधि सभातर्फ १० हजार रुपिँया र प्रदेश सभातर्फ पाँच हजार रुपियाँ जमानत राखिएको थियो ।
त्यसरी, जमानत जफत हुनेमा ठूला दलहरु बाहेकका अन्य दलका उम्मेदवारहरु रहेका छन् । सुर्खेत क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा तर्फ ७५ हजार ६१५ सदर मतमध्ये जमानत जोगाउन सात हजार ५६१ मत ल्याउनुपर्ने थियो । त्यसमध्ये छ जनाको जमानत जफत भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहम्मद हसर अली (आठ सय ९५ मत), जनता समाजवादी पार्टीका कर्णबहादुर थापा (तीन सय ५० मत), नेपाल मजदुर किसान पार्टीका प्रेम कुमार थापा (५९ मत), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जिवन चन्द (३२ मत) र मंगोल नेशनल अर्गनाइजेसनका शेरबहादुर घर्ती मगर (२९ मत)को जमानत जफत भएको छ ।
यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा कुल सदर ३३ हजार ८९८ मत रहेको थियो । जसमध्ये जमानत जफ जोगाउन तीन हजार ३८९ मत ल्याउनुपर्ने थियो । तीमध्ये राप्रपाका दलबहादुर सिंह ठकुरी (दुई सय ७८ मत), जसपाका गंगे कामी (४९ मत), राप्रपा नेपालका लालबहादुर गुरुङ्ग (४७ मत), नेमकिपाका पुष्पराज राना (२३ मत)को जमानत जफत भएको छ ।
साथै, सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख) मा कुल ४१ हजार ९६३ सदर मतमध्ये जमानत सुरक्षितका लागि चार हजार १९६ मत आवश्यक थियो । जसअनुसार, राप्रपाका मानबहादुर खराल (एक हजार ४८३ मत), स्वतन्त्र दीपेन्द्रनाथ योगी (चार सय ५१ मत), जसपाका कृपाराम वस्नेत (तीन सय ५७ मत), राष्ट्रिय जनमोर्चाका मोहन थापा (तीन सय ३८ मत), नेमकिपाका मनकली रामजाली (६३ मत) र स्वतन्त्र देवबहादुर चन्द (नौं मत)को जमानत जफत भएको छ ।
यसैगरी, सुर्खेत क्षेत्र नम्बर २ मा ७२ हजार ४२६ सदर मतमध्ये जमानत सुरक्षित गर्न सात हजार २४२ मत प्राप्त गर्नुपर्ने थियो । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर चुनारा (चार हजार ६०१ मत), राप्रपाका भिमबहादुर शाही (दुई हजार ६३२ मत), जसपाका दिपबहादुर नेपाली (तीन सय १३ मत), नेमकिपाका तुल्छी खड्का (दुई सय ७८ मत), राप्रपा नेपालका वीरेन्द्रा कुमारी चन्द (दुई सय ६४ मत), नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका टेक्मल दमाई (एक सय ५ मत) र नेश्नलिष्ट पिपल्स पार्टीका कुमारी राई (५० मत)को जमानत जफत भएको छ ।
सुर्खेत क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा कुल ४२ हजार ६८८ सदर मतमध्ये चार हजार २६८ मत जमानत सुरक्षित गर्न ल्याउनुपर्ने थियो । जसअनुसार, राप्रपाका सुर्यबहादुर खत्रीले (तीन हजार ६८५ मत), नेकपा एकिकृत समाजवादीका शीवप्रसाद उपाध्याय (एक हजार २७४ मत), नेमकिपाका विजुकला राना (तीन सय ६ मत), नेकपा माओवादी समाजवादीका भोजप्रसाद चपाई (एक सय ५० मत), जसपाका गगनबहादुर सारु (एक सय ७ मत), स्वतन्त्र रामप्रसाद भुसाल (एक सय ६ मत), राप्रपा नेपालका मानबहादुर गाईन (७७ मत) र नेपाल लोकतान्त्रिक पार्टीका पुर्णबहादुर सुनार (२२ मत)को जमानत जफत भएको छ ।
साथै, सुर्खेत क्षेत्र नम्बर १ प्रदेश सभा (ख)मा कुल ३० हजार ३३४ सदर मत मध्ये जमानत सुरक्षाका लागि तीन हजार ३३ मत ल्याउनुपर्ने थियो । जसअनुसार राप्रपाका कर्णबहादुर रेगामी मगर (सात सय ९२ मत) र नेमकिपाका गगन कामी (९४ मत)को जमानत जफत भएको छ ।