काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजय भएका छन् । श्रेष्ठले ११ हजार ९ सय ५६ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेललाई ९९५ मतान्तरले पराजित गरेका हुन् । पराजित टेकबहादुर पोखरेलले १०९६१ मत ल्याएका छन् ।