सुर्खेत । आवाज संस्थाद्वारा बाढी पहिरो प्रभावितलाई खाद्यन्न सामाग्री वितरण गरिएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. ९, १० र ११ का १३७ घरधुरीलाई सोमबार खाद्यन्न सहयोग गरिएको हो।
अविरल वर्षातका कारण भएर २०७९ भदौ ३१ गते आएको बाढीपहिरोबाट पञ्चपुरी–९ को राग, खुर्सानीबारी, जमुनाघारी, वडा नंं १० को जामु, राजी बस्ती, गल्फा, बागबजार र वडा नं. ११ को तातापानीमा सडक, खानेपानी, घर, शौचालयका साथै धानबालीमा क्षति पु¥याएको थियो । बाढि र पहिरोले भैसी, बंगुर, खसी, कुखुराहरु मार्नुका साथै घरको तल्लो तलामा रहेका खाध्यान्न, लत्ता कपडा लगायतसामाग्रीहरु बगाएको थियो ।
१३७ घरधुरीहरुमा घरमा भएको खाध्य सामाग्री बाढिले बगाउनुका साथै बारीमा भएको धानबालि पनि नष्ट गरेको हुदां उक्त परिवारलाई दैनिक खाध्यान्न सामाग्री जुटाउन पनि निकै समस्या भएको छ ।
असोज ३१ गते पञ्चपुरी नगरपालिकाकोे हलमा एक कार्यक्रमको आयोजना गरि आवाज संस्थाले पञ्चपुरी नगरपालिकामा बाढि पहिरोबाट प्रभावित १३७ घरधुरीका लागि खाद्य सामाग्री हस्तान्तर गरेको छ । बाढीपहिरोबाट प्रभावित १३७ घरधुरीका परिवारहरुलाई प्रतिघरधुरी २५ के.जी चामल, ३ के.जी. दाल, ३ लिटर तेल, ३ के.जी. नुन र ४ पाकेट सर्बोत्तम पिठो टिडिएच जर्मनी÷मेजरियोको सहयोगमा गरिएको आवाज संस्थाका कार्यक्रम संयोजक सुशील कुमार कार्कीले जानकारी दिए ।
खाद्य राहात हस्तान्तण कार्यक्रममा पञ्चपुरी नगरपालिकाका प्रमुख, कार्यालय प्रमुख, ईलाका प्रहरी कार्यालयका प्रमुख, सम्बन्धित वडा अध्यक्षहरु, विषयगत शाखा प्रमुख र प्रत्रकारहरुको उपस्थिति रहेको थियो ।
पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालवीर भण्डारीले आवाज संस्थाले बाढि पहिरो प्रभावितलाई प्रदान गरेको खाद्य सामाग्री सम्बन्धीत वडाका बाढि पहिरो प्रभावितहरुलाई तत्काल तिहार अगाडि वितरण गरिने बताए । आवाज संस्थाले पञ्चपुरी नगरपालिकामा कोभिड संक्रमण देखि बाढि पहिरोको जोखिमको बेलासम्म राहत प्रदान गरेर सहयोग गरेको बताउँदै संस्थालाई धन्यवाद ज्ञापन गरे ।