काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ परेका छन् । सोमबार विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्यूठान सरूमारानी गाउँपालिका वडा नम्बर १ बाङ्गेसारका ३१ वर्षीय समीर अहमद र खोटाङ दिपरूङ गाउँपालिका वडा नम्बर ५ घर भएका ३० वर्षीय देवराज खत्री रहेका छन ।
समीरबाट करिब ५४ ग्राम सुनको एक ढिक्का, बेरूवा औंठी र एउटा मोबाइल बरामद भएको थियो भने देवराजबाट करिब २५ ग्राम तौलको सुनको सिक्री, दुई वटा मोबाइल र एउटा ल्यापटप बरामद भएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाएको छ ।