सुर्खेत । जाजरकोटको छेडागाड नगरपालिका–१ जाल्माकी १४ वर्षीया मनिषा विकको भीरबाट लडेर मृत्यु भएको छ।
बुधबार घर नजिकैको जङ्गलमा घाँस काट्न जाँदा भीरबाट लडेर घाइते भएकी विकको उपचारको क्रममा बिहीबार (आज) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।