काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल जुम्ला पुगेका छन्। जुम्लामा हुने सभालाई सम्वोधन गर्न उनी हिजै कर्णाली पुगेको पार्टीले जनाएको छ।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले जुम्लाको सिंजा कनकासुन्दरीको गोरुचौरमा हुने सभालाई सम्वोधन गर्नेछन्।
त्यहाँ रहदा प्रचण्डले खस भाषा र सभ्यताको केन्द्र मानिने सिंजा कनकासुन्दरीको अवलोकन गर्ने कार्यतालिका बनाइएको छ। त्यसअघि उनले मुगुको रारा क्षेत्रको पनि अवलोकन गरेका थिए।
जुम्लाको सभालाई सम्वोधन गरे लगत्तै उनी आजै काठमाडौं फर्किनेछन् । सत्ताबाट बाहिरिएसँगै प्रचण्ड पछिल्लो समय मुलुकका विभिन्न जिल्लाको दौडाहामा छन्।