सुर्खेत । जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
मंगलबार दिउँसो २ बजे जाजरकोटको खलङ्गादेखि भेरी नगरपालिका–६ नेटाबजार जाँदै गरेको जिप वडा नम्बर ६ भेरेमा दुर्घटनामा हुँदा १४ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार ३ जनाको अवस्था गम्भीर रहेको बताए ।