सुर्खेत। सुर्खेतबाट मर्मतका लागि दिइएकाे गाडी ग्यारेजबाट गायव पारिएकाे छ। सुर्खेतबाट बा १९च ७४२१ नम्वरको फर्चुनर गाडी कैलालीको धनगढी उपमहानगर –४ स्थित नेपाल अटो ट्रेडर्समा मर्मतका लागि लगिएकाे थियाे। तर, ग्यारेज सञ्चालकले गाडी साहुलाइ जानकारी नै नगराइ बिक्रि गरेकाे खुलेकाे छ।
ग्यारेज संचालकले आफूखुसी बेचेको पाइएपछि जिल्ला प्रहरी कार्यालयमा ठगी सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेकाे छ।
सुर्खेतको चौकुने गाउँपालिका –२ खगेश्वर वान्तलाले नेपाल अटो ट्रेडर्सका सञ्चालक देव कुमारी गतौंला, सञ्चालक कृतन गर्ताैला, म्यानेजर नविन चौधरी, मिस्त्री मनु अन्सारीलाई ठगी कसुरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मुद्दा दायर भएकाे छ ।
सुर्खेत प्रहरीले म्यानेजर चौधरी र मिस्त्री अन्सारीलाई पक्राउ गरेको छ। तर, संचालक देवकुमारी गतौंला उनका छोरा कृतन गतौंला फरार छन्।उनीहरूकाे प्रहरीले खोजीकार्य जारी राखेकाे छ।
मैले राम्रो मर्मत हुन्छ भनेर नेपाल अटो ट्रेडर्समा पठाएको थिए। पीडित खगेश्वर वान्तलाले भने, ‘लिन जाँदा बारम्बार अनेक बाहना गरेको थियो। मर्मत भइसकेको भनेपछि पैसा पनि खातामा हालेको थिए। लिन जाँदा गाडी नभेटिएपछि प्रहरीमा मुद्दा दिएको छु।’
स्राेतका अनुसार मिस्त्रीलाई फसाएर नेपाल अटो ट्रेडर्सका संचालक र मेनेजरलाई बचाउने चलखेल भएको बुझिएको छ। गाडीको हालको मूल्य २ करोड ३१ लाख पर्छ।