सुर्खेत। दैलेखको नारायण नगरपालिकाका विद्यालयहरू बिदा गरिएको छ। अत्यधिक गर्मीका कारणले पठन पाठनमा कठिनाई हुँदा चार दिनसम्म गर्मी बिदा दिइएको जनाइएको छ।
जेठ २९ देखि ३२ गतेसम्मका लागि नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय हरु सबैलाई वर्षे बिदाबाट कट्टा हुनेगरी गर्मी बिदा दिईएको शिक्षा शाखाले जनाएको छ।
दैलेख जिल्ला कर्णालीको पहाडी जिल्ला अन्तर्गत पर्दछ। तर, यसपटक अत्यधिक गर्मी बढ्न थालेपछि विद्यालय बन्द गर्नुपरेको हो।
यसअघि सुर्खेतको वीरेन्द्रनगरमा एक हप्ताको लागि विद्यालय गर्मी बिदा दिईएको थियो।