दैलेख । दैलेखमा चट्याङ पर्दा ३ जना घाइते भएका छन । घाइते हुनेमा महाबु गाउँपालिका–२ का २९ वर्षीया डिल बहादुर सुनार, ११ वर्षीया नगेन्द्र सुनार र वर्ष ११ का महेश सुनार रहेका छन् ।
शनिवार साँझ महाबु गाउँपालिका–२ पिपलपाटामा पानी परेको बेला चट्याङ पर्दा उनीहरू घाइते भएको वडा नम्बर २ का वडाध्यक्ष प्रकाशराज थापाले जानकारी दिए ।
घाइते मध्य दुई जनाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको र गम्भिर घाईते भएका नगेन्द्रलाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थापाले बताए ।