कोशी । सुनसरीको धरानबाट एक हजार ४२० किलो गाँजा प्रहरीले बरामद गरेको छ । धनकुटाबाट धरानतर्फ आउँदै गरेको ट्रकमा लोड गरिएको एक हजार ४२० किलो गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आज बिहान करिब ९ बजे मुला लोड भएको को१ख ४७३३ ट्रकमा गाँजा फेला परेको हो । बरामद भएको गाँजा ४४ बोरा रहेको छ । गाँजासहित प्रहरीले मोरङको सुन्दर हरैचा नगरपलिका–७ गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको शहीदभूमी गाउँपालिका–७ का ४१ वर्षीय भुपेन्द्र राईलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार बरामद भएको गाँजा भारत पठाउनका लागि ल्याइएको हो । धनकुटाको छिन्ताङ आसपास व्यवसायिक गाँजाको खेती हुन्छ । धनकुटाबाट ल्याएर मोरङ सुनसरीको सीमावर्ती क्षेत्रमा स्टोर गरेर राख्ने र रातको समयमा भारततर्फ निकासी हुने गरेको प्रहरीले बताएको छ । गाँजा भारत पु¥याएपछि प्रतिकेजी २० हजार रुपैयाँभन्दा माथि पर्छ । गाँजा ओसारपसार गर्ने भरियाले प्रतिकलो दुई हजार रुपैयाँ पाउने प्रहरीले बताएको छ ।