काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।