लुम्बिनी । रोल्पामा खोलामा बगाएकी महिला मृत भेटिएकी छन्। रोल्पाको गंगादेव गाउँपालिका– २ हेलुङ खोलाकी ६५ वर्षीया तुलसी कामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
प्रहरीका अनुसार उनको शव शुक्रबार बेलुकी ६ बजेतिर घटनास्थलदेखि १० किलोमिटर टाढा माडी गाउँपालिका– १ रिसम्जास्थित चिउरीघाट खोला किनारमा फेला परेको हो।
तुलसी साउन ३१ गते बुलेका पौने ८ बजेतिर सुख्खा ओडार बजारबाट गोरेटो बाटो हुँदै घर जाने क्रममा लडेर सुक्खा ओडार खोलामा खसेकी थिइन्। तुलसीको शव दुई ढुंगाकोबीचमा अड्किएको अवस्थामा फेला परेको जनाइएको छ।