काठमाडौं । नेपाल टेलिकमको नाफा करिब १६ प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष २०८०–८१ मा कम्पनीले ६ अर्ब ६१ करोड रूपैयाँ नाफा कमाएको हो। यसअघि कम्पनीको नाफा सात अर्ब ९२ करोड रूपैयाँ थियो।
कम्पनीको सेवा बिक्रीबाट हुने आम्दानी ४.९९ प्रतिशतले घटेपछि नाफामा प्रभाव परेको हो। कम्पनीको सेवा बिक्रीबाट हुने आम्दानी ३६ अर्बबाट घटेर ३४ अर्बमा सीमित भएको छ। कम्पनीको अय आम्दानी पनि केही घटेको छ। यही कराण कुल आम्दानी ४४ अर्बबाट घटेर ४१ अर्बमा सीमित भएको हो।
कम्पनीको सञ्चालन, मर्मत खर्च लगायत घटे पनि कर्मचारी खर्च केही बढेको छ। कम्पनीले बजारबाट उठाउन बाँकी रकम एक अर्ब ७३ रूपैयाँ मात्रै छ भने ३५ अर्ब रूपैयाँ लगानीमा छ। कम्पनीको प्रतिसेयर आम्दानी ४४ रूपैयाँबाट घटेर ३६ रूपैयाँ ७७ पैसा र प्रतिसेयर नेटवर्थ पाँच सय २५ रूपैयाँ ४३ पैसा छ।