काठमाडौँ । नेपालमा हैजा सङ्क्रमितको सङ्ख्या ३६ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो सबैभन्दा धेरै ललितपुरमा २३ जनामा हैजा सङ्क्रमण देखिएको छ।
मन्त्रालयको पछिल्लो विवरण अनुसार ललितपुरमा २३, प्यूठानमा ४, कैलालीमा ८ र काठमाडौँमा १ जनामा हैजा सङ्क्रमण देखिएको हो।