काठमाडौं । पेरिस ओलम्पिक पदक तालिकामा आठौं दिनको खेल सकिदा सम्म चीन १६ स्वर्ण पदकसहित आफ्नो वर्चस्व कायमै राख्न सफल भएको छ। चीनले १६ स्वर्ण १२ रजत र ९ कास्य सहित ३७ पदक जितेको छ।अमेरिका १४ स्वर्ण पदकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आयोजक फ्रान्स तेस्रो र अस्ट्रेलिया चौथो स्थानमा छ ।
अमेरिकाले १४ स्वर्ण, २४ रजत र २३ कास्य सहित कुल ६१ पदक जितेको छ । त्यसैगरी आयोजक फ्रान्स १२ स्वर्ण, १४ रजत र १५ कास्य सहित कुल ४१ पदक जितेर तेस्रो स्थानमा रहेको छ । अस्ट्रेलिया १२ स्वर्ण, ८ रजत र ७ कास्यसहित कुल २७ पदक पाएर चौथो स्थानमा रहेको छ ।
बेलायत १० स्वर्ण ,१० रजत र १३ कास्य सहित कुल ३३ पदकका साथ पाँचौ दक्षिण कोरिया ९ स्वर्ण , ७ रजत र ५ कास्य सहित कुल २१ पदकका छैठौं तथा जापान ८ स्वर्ण , ५ रजत र ९ कास्य सहित कुल २२ पदक जितेर तालिकाको सातौ स्थानमा रहेको छ ।
आठौं दिनको खेल सकिदा सम्म पेरिस ओलम्पिकमा ६१ राष्ट्रले पदक तालिकामा नाम लेखाउन सफल भएका छ। ४१ राष्ट्रले स्वर्ण पदक जितेका छन् । छिमेकी मुलुक भारत ३ कास्य पदक जितेर तालिकाको ५३औं स्थानमा रहेको छ । नेपालसहित केही देशले भने पदक तालिकामा नाम लेखाउन सकेका छैनन्।