काठमाडौं । सरकारले मच्छिन्द्रनाथको भोटो देखाउने दिन आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
त्यस दिन काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी सूचनामा उल्लेख छ। सरकारले परम्परागत रूपमै भोटो देखाउने जात्राका अवसरमा प्रत्येक वर्ष उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ।